health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले रचना वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । असार ८ गतेका दिन भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता, उपाध्यक्ष रामदेव पाण्डेको स्वागत मन्तव्यका साथ अगाडि बढेको कार्यक्रमको सञ्चालन महासचिव भीष्म जोशीले गरेका थिए ।
कार्यक्रमको मुख्य समीक्षक प्रगतिशील लेखक तथा उपप्राध्यापक डा.हरिप्रसाद सिलवाल थिए भने सृष्टाहरुमा मीन राना, गुरुप्रसाद कुमाल बुलबुल, रामप्रसाद गैरे पाल्पाली, समष्टि बुढा, खगेन्द्रा विष्ट र सुभाष जि.सी थिए ।
प्रस्तुत रचनामाथि समीक्षा गर्दै डा.सिलवालले, ‘कविता आफैमा सिर्जना भएको तथा दृष्टाहरु कविताको ऐना बन्नुपर्ने तथा त्यसको स्पष्ट समालोचना गर्नुपर्ने’ बताए । उनले अगाडि भने, ‘वाचित रचनाहरू जीवन, दर्शन, समाजका शोषण प्रधान समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको तर त्यसको रूप पक्षमा अझ निखारता ल्याउनु पर्ने बताए ।’
कविता वाचन गर्न समाज तथा मानव जीवनलाई गहन रूपमा बुझ्नुपर्ने बताउँदै समीक्षक डा.सिलवालले ‘प्रगतिशील कविताहरू समाज तथा व्यवस्थाका नराम्रा पक्षहरूका विरुद्ध सौन्दर्यात्मक हतियारको रूपमा अगाडि बढ्नुपर्ने बताए ।’