23
Jun
काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले रचना वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । असार ८ गतेका दिन भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता, उपाध्यक्ष रामदेव पाण्डेको स्वागत मन्तव्यका साथ अगाडि बढेको कार्यक्रमको सञ्चालन महासचिव भीष्म जोशीले गरेका थिए । कार्यक्रमको मुख्य समीक्षक प्रगतिशील लेखक तथा उपप्राध्यापक डा.हरिप्रसाद सिलवाल थिए भने सृष्टाहरुमा मीन राना, गुरुप्रसाद कुमाल बुलबुल, रामप्रसाद गैरे पाल्पाली, समष्टि बुढा, खगेन्द्रा विष्ट र सुभाष जि.सी थिए । प्रस्तुत रचनामाथि समीक्षा गर्दै डा.सिलवालले, ‘कविता आफैमा सिर्जना भएको…