Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114
उत्तर कोरियाले फेरी पठायो फोहोर भरिएको बेलुन - Gyaan Ghar

Gyaan Ghar

Advertisement

उत्तर कोरियाले फेरी पठायो फोहोर भरिएको बेलुन


काठमाडौँ । आणविक बमको धम्की दिएको उत्तर कोरियाले दक्षिण कोरियामा लगातार बेलुनमा फोहोर पठाइरहेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले फेरि पनि फोहोरले भरिएका सयौँ बेलुन दक्षिण कोरियामा पठाएको छ ।

यो कारबाही यस्तो समयमा गरिएको हो जब हालै दक्षिण कोरियामा प्योङयाङ विरोधी कार्यकर्ताहरूले बेलुनमार्फत किम जोङ उनी विरुद्ध सीमा पार पर्चा पठाएको बताएका थिए । किम जोङ उनले पठाएको फोहोरमा चुरोटको वटदेखि लिएर कार्डबोर्ड र प्लास्टिकका टुक्राहरू सम्मिलित रहेको बताइएको छ । 

राजधानी सोलको सेनाले यस विषयमा मानिसहरूलाई सचेत गराएको बताइएको छ ।

दक्षिन् कोरियाका संयुक्त सेना प्रमुखले उत्तर कोरियाले फेरि एक पटक फोहोर भएको बेलुन दक्षिण कोरियातर्फ पठाएको र मानिसहरूलाई कुनै पनि बेलुन फेला परेमा अधिकारीहरूलाई रिपोर्ट गर्न र तिनीहरूलाई नछुन सल्लाह दिएको बताएका छन् ।

उही समयमा, सोल प्रशासनसँगै, ग्योन्गी प्रान्तका अधिकारीहरूले पनि बेलुनहरू विरुद्ध मानिसहरूलाई सचेत गराएको बताइएको छ । सेनाले उत्तर कोरियाले यसरी फोहोर भरिएको बेलुन पठाएको यो तेस्रो पटक भएको बताएको छ । सेनाले यसअघि बेलुनमा उत्तर कोरियाली प्रचार सामग्री छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताएको थियो । उत्तर कोरियाले सीमा क्षेत्रमा पर्चा र अन्य फोहोरहरू फैलाउन जारी दक्षिणमा सक्रिय कार्यकर्ताहरू विरुद्ध बदला लिने बताएपछि पछिल्लो घटना भएको हो ।

सन् १९५० को कोरियाली युद्धपछि उत्तर र दक्षिण कोरियाले आफ्नो प्रचार अभियानमा बेलुनको प्रयोग गर्दै आएका छन् । दक्षिण कोरियाले प्रचार सामाग्रीले किमलाई चिढाएपछि किमले फोहोर भरिएको बेलुन पठाउन सुरु गरेका हुन् । तर यसअघि यस्ता कुनै पनि कारबाही रोक्ने उत्तर कोरियाले आश्वासन दिए पनि व्यवहारमा नरोकिएको बताइएको छ ।

दक्षिण कोरियाको एउटा समूहले हालै फाइटर्स फर फ्री नर्थ कोरिया अभियान सुरु गरेको थियो । यसले उत्तर कोरियाली फोहोरले भरिएको बेलुनको जवाफमा सिमानामा लाउडस्पीकर बाट प्रसारण गर्न थालेको थियो । यी लाउडस्पीकर हरू उत्तर कोरियातर्फ घुमाइएको थियो । यसमा के-पप सङ्गीत बजाइन्छ, जसले उत्तर कोरियालाई धेरै रिस उठाएको बताइन्छ । उत्तर कोरियामा के–पप गीत सुन्ने वा त्यसको सङ्गीत राख्नेलाई कडा सजायको व्यवस्था छ । दक्षिण कोरियाली सेनाले लाउडस्पीकर जडान गर्नु भनेको चेतावनी हो भनेका छन् । साथै किमको शासनको निन्दा गर्दै दुई लाख पर्चासहित १० बेलुन पठाइएको थियो ।

उत्तर कोरियाली विस्थापितहरू मिलेर बनेको अर्को समूहले पनि शुक्रवार दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलको भाषण बोकेका १०० रेडियो, २ लाख प्योङयाङ विरोधी पर्चा र १० वटा बेलुन पठाएको बताएको छ । अर्को समूहका नेता जाङ से-युलले किम जोङ उनले फोहोर भएको बेलुन पठाओस् वा नगरोस्, हामी हाम्रो बेलुन अभियानलाई नरोक्ने बताए । त्यही भएर मुद्दा बढ्दै गएको छ । गत वर्ष, दक्षिण कोरियाको संवैधानिक अदालतले २०२० को कानुनलाई खारेज गर्‍यो जसले प्योंगयांग विरोधी प्रचार पठाउनलाई अपराधी ठहर गर्‍यो, यसलाई अभिव्यक्ति स्वतन्त्रतामा अनुचित प्रतिबन्ध भन्यो । विज्ञहरू भन्छन्, सरकारसँग अब कार्यकर्ताहरूलाई उत्तर कोरियामा बेलुन पठाउनबाट रोक्नको लागि कुनै कानुनी आधार छैन।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले शनिवार यस मुद्दालाई गत वर्षको अदालतको फैसलालाई ध्यानमा राखेर विचार गरिरहेको बताएको छ । 

असार १ गते बुढानीलकण्ठ बाट डाँडागाऊ हुँदै बिष्णुद्धार सम्म हुने साहित्यिक पदयात्रा भाग ६ मा सहभागी हुन चाहनेहरूले आफ्नो नाम भन्दै जाऊ । 

प्रतिक्रिया दिनुहोस

राजनीति

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभि...
विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

* डा.गोविन्दशरण उपाध्याय (१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु न...
गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधवार कञ्चनपुरको कृष्णपुर नगरपाल...
विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

काठमाडौँ । विश्व दर्शन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र, नयाँबजार र त्रिचन्द्र कल...