Gyaan Ghar

Advertisement

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रवार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् । 

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...