health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

कुनै समयमा पश्चिम बङ्गाल, केरल जस्ता राज्यहरूमा वामपन्थी शक्तिहरूको एकछत्र पकड हुने गर्दथ्यो । तर अहिले अवस्था एकदम भिन्न छ । भारतमा वामपन्थी पार्टीहरूको शक्ति एकदमै खस्कँदो अवस्थामा छ ।
अहिलेसम्म जारी परिणाम अनुसार ५४३ सिटको लोकसभामा जम्मा ७ वटा सिटमा मात्र वामपन्थीहरूले जितेकाे अवस्था छ । िजतका सिटहरू मध्ये केरलाबाट माकपाका के राधाकृष्णनले २०,१११ को मतान्तरबाट जित हासिल गरेका छन् भने सोही पार्टीका असरा रामले राजस्थानको सिकराबाट विजय प्राप्त गरेका छन् । उनले ७२, ८९६को मतान्तरमा विजय प्राप्त गरेका हुन् । त्यस्तै माकपाले तमिलनाडुको डिंडीगुलबाट सच्चिनाथनम आर ४, ४३, ८२१को मतान्तरबाट विजय प्राप्त गरेका छन् । तमिलनाडुको मदुरईबाट सोही पार्टीका वेकटेसन एसले २,०९,४०९को मतान्तरबाट विजय भएका छन् । तमिलनाडुकै नागपत्तनमबाट भाकपाका सेल्वराज बी २,०८, ९५७को मतान्तरबाट विजय भएका छन् । त्यस्तै सोही राज्यको त्रिपुरबाट भाकपाका के सुब्बरायण १,२५,९२८ मतान्तरबाट विजय भएका छन् । बिहारको काराकाट क्षेत्रबाट भाकपा(माले)का राजाराम सिंह १,०५,८५८ को मतान्तरले िजतेका छन् । पश्चिम बङ्गालमा बामपन्थीहरुको एउटा पनि सिट जित्ने अवस्था देखिँदैन ।