– सुरेशकुमार पाण्डे
फुर्शे बिहानै उठ्यो घुमघाम गर्यो र घर फर्कियो। सीमाले चिया टकारिन। चियाको चुस्की सँग फेसबुक खोल्यो।
फेसबुक खुल्दा बित्तिकै उसको आँखा एउटा फोटामा गएर अल्झियो।
चिया पिउन छाड्यो र आफ्नो चस्मा कपडाले पुछ्यो र फेरी हेर्यो।मानिस चिनेकै थियो।आखिर फुर्शेले त्यो व्यक्तिलाई भुल्न पनि कहाँ सक्थ्यो।
त्यो उही भैँरूपी थियो।जसले धेरै वर्ष पहिले पैसाको लोभमा अपराधीहरूलाई छुडाउँनमा साथ दिएको थियो।
” वाह रे पैसा!” फुर्शेको मुखबाट अनासमै दुई शब्द निस्कियो।
“के भयो हजुरलाई बिहानै पैसालाई गाली गर्नुहुन्छ।”- सीमाले सोधिन्।
” हेर त यसलाई चिन्छौ?”-फुर्शे सीमाको कुरा अन्सुनि गर्दै सोध्यो।
” फोटा त चिनेको जस्तो लाग्छ तर ठमाउन सकिन ।” – सीमाले फोटा हेर्दै भनिन्।
एक पटक हामीले केही अपराधीहरूलाई प्रशासनमा बुझाएका थियौँ।अनि ती अपराधीहरूलाई छुटाएर त्यहाँबाट फरार भएको थियो।हो त्यही बहरूपिया हो यो।”- फुर्शेले बतायो।
” हो ! चिने मैले त्यो बदमासले गर्दा हजुरलाई कयौँ ज्यान मार्ने धम्की पनि आएका थिए।”- सिमाले केही दिमागमा जोड दिँदै भनी।
” अचेल पैसा भन्दा ठुलो केही छैन पैसा भयो भने अपराधीहरू पनि अबिर माल लगाउन कत्ति ढिला गर्दैनन्। समाजमा विभिन्न खाले मानिस छन्।दुःख त जब लाग्छ न्यायालयका जजहरू नै उनीहरूका साथी बनेका हुन्छन्।”- फुर्शे चिन्ता प्रकट गर्दै भन्यो।
” यो न्यायालयको जज हो र? “- सीमा आश्चर्य भइन।
” कुरा बुझिनौ! सामाजिक सङ्गठन भनेको त न्यायालय भन्दा पनि ठुलो जिम्मा बोकेको हुन्छ।त्यसका नेताहरूले घाँटी जोड्नु भनेको झन् दुःख लाग्दो कुरा भएन त?”- फुर्शेले सीमातिर हेर्दै भन्यो।
दाङ घोराही १८