Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114
क्यान भन्छ- सरकार र आइसिसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

क्यान भन्छ- सरकार र आइसिसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा


काठमाडौँ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक अमेरिकाको भिसा दिन अस्वीकार गरेको छ। परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएको छ । सरकार र आइसिसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी दूतावासले भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टी-२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ साथै आइसिसीबाट आवश्यक पहल भएको अवस्था हुँदासमेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको ब्यहोरा जानकारी गराउन चाहन्छौँ,’ सचिव खड्काले विज्ञप्तिमा भनेका छन् ।

यसअघि गत गत जेठ ९ गते पनि अन्तर्वार्तामा गएका सन्दीप लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेको थियो। लामिछानेलाई हालै उच्च अदालत पाटनले बलात्कार अभियोगबाट सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभि...
विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

* डा.गोविन्दशरण उपाध्याय (१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु न...
गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधवार कञ्चनपुरको कृष्णपुर नगरपाल...
विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

काठमाडौँ । विश्व दर्शन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र, नयाँबजार र त्रिचन्द्र कल...