Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
७ सय ६६ बालबालिकाले छाडे बिचमै पढाई - Gyaan Ghar

Gyaan Ghar

Advertisement

७ सय ६६ बालबालिकाले छाडे बिचमै पढाई


मकवानपुर | मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बिचमै पढाई छाड्नु परेको छ। राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाई बिचमै छाडेका हुन्।

यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बिचमै पढाई छाडेका छन्। उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ।

विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिबीकै कारण पढाई बिचमै छाड्नु परेको छ। विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाई निरन्तरता गर्न नसकेको खुलेको छ।

राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्छिन्, “बाबुआमाले जुत्ता विद्यालय पोसाक किन्न नसक्दा पोसाक मिलेन र विद्यालय जान गइन ।” उनकी आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोसाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ।

यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नराम्रो असर गरिरहेको छ। सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन।  

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...