Gyaan Ghar

Advertisement

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फाँसीमा चढाइयोस्


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशाला २६ बिचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फाँसी नै चढाइयोस् भनेका हुन् । 

पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्दाको सुनुवाइ स्थगित हुँदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बिच जुनसुकै सम्बन्ध, चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस्। म दोषी देखिन्छु भने फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।’

सन्दीपले आफ्नो पोस्टमा यो घटना कसैले नियोजित रूपमा गराएको आरोप समेत लगाएका छन् ।

उनले भनेका छन्- ‘यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तविक अनुहार आफैँ निस्केला ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ । १२ जनाको ज्यान गएको र करिब २८ सय घाइ...
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीक...
संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारक...
रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठम...