Gyaan Ghar

Advertisement

मनीषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम सो


मुम्बई, १९ वैशाख । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यति बेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात् मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् । 

यसैबिच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ बलिउड स्टारहरूको जमघट आयोजना गरिएको थियो ।


लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।


स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देशी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडाली र्‍यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।

हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्यूट देखिएकी छिन् । 

‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए । 

यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनीषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरुको अभिनय देखिनेछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...