Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
इजरायल र हमासबीच युद्ध विरामको सङ्केत - Gyaan Ghar

Gyaan Ghar

Advertisement

इजरायल र हमासबीच युद्ध विरामको सङ्केत


काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्ध विराम हुनसक्ने सम्भावना देखिएको छ ।

हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।

यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ ।

अर्कोतर्फ अमेरिकी विदेश मन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । यहाँ उनले हमास र प्यालेस्टाइनको विषयमा कुरा गरे ।

समाचार एजेन्सी एएफपीले एक अधिकारीलाई उद्धृत गर्दै इजरायलले कुनै समस्या सिर्जना नगरेसम्म इजिप्टको प्रस्तावमा हमासलाई कुनै खास समस्या नरहेको बताएको छ ।

हमासको प्रतिनिधिमण्डलले कायरोमा इजिप्ट र कतारी मध्यस्थकर्ताहरूसमक्ष हमासको प्रस्तावको प्रतिक्रिया प्रस्तुत गर्ने बताइएको छ ।

इजिप्ट, कतार र अमेरिका मिलेर हमास र इजरायलबिच युद्ध विराम गराउने प्रयास गरिरहेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न तीन देशले शुक्रवार अप्रिल २६ मा इजरायलमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएका थिए । अब दुई देशबिच युद्ध विरामको विषयमा कायरोमा वार्ता हुनेछ ।

मध्यस्थतामा इजरायल र हमासबीच ४ दिनका लागि युद्ध विराम भएको थियो । यस अवधिमा हमासले ११२ बन्धकहरूलाई रिहा गरेको थियो। यसै क्रममा इजरायलले जेलमा रहेका २४० भन्दा बढी प्यालेस्टिनीलाई पनि रिहा गरेको थियो ।

हमास र इजरायल बिचको युद्ध विराम सम्झौता र बन्धकहरूको रिहाइसँग सम्बन्धित विवरणहरू खुलाइएको छैन। यद्यपि, केही मिडिया रिपोर्टहरूका अनुसार यसले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्ने कुरा गरेको छ । बदलामा इजरायलले जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।

हिब्रू मिडिया च्यानलहरूका अनुसार इजरायलले प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने जस्ता धेरै ठुला सहुलियतहरू दिन तयार छ। यद्यपि, इजरायलले पनि बन्धकहरूलाई रिहा गर्ने बदलामा गाजामा युद्ध अन्त्य नगर्ने बताएको छ ।

६ महिनाको युद्धमा इजरायलले रफाह बाहेक सम्पूर्ण गाजा कब्जा गरेको छ । रफाहमा आक्रमण गर्नुअघि इजरायलले हमासलाई सम्झौताको अन्तिम मौका दिएको थियो। हमासले सम्झौता स्वीकार नगरे इजरायलले रफाहमा ठुलो हमला गर्ने बताएको थियो ।

हाल रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...