Gyaan Ghar

Advertisement

इजरायल र हमासबीच युद्ध विरामको सङ्केत


काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्ध विराम हुनसक्ने सम्भावना देखिएको छ ।

हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।

यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ ।

अर्कोतर्फ अमेरिकी विदेश मन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । यहाँ उनले हमास र प्यालेस्टाइनको विषयमा कुरा गरे ।

समाचार एजेन्सी एएफपीले एक अधिकारीलाई उद्धृत गर्दै इजरायलले कुनै समस्या सिर्जना नगरेसम्म इजिप्टको प्रस्तावमा हमासलाई कुनै खास समस्या नरहेको बताएको छ ।

हमासको प्रतिनिधिमण्डलले कायरोमा इजिप्ट र कतारी मध्यस्थकर्ताहरूसमक्ष हमासको प्रस्तावको प्रतिक्रिया प्रस्तुत गर्ने बताइएको छ ।

इजिप्ट, कतार र अमेरिका मिलेर हमास र इजरायलबिच युद्ध विराम गराउने प्रयास गरिरहेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न तीन देशले शुक्रवार अप्रिल २६ मा इजरायलमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएका थिए । अब दुई देशबिच युद्ध विरामको विषयमा कायरोमा वार्ता हुनेछ ।

मध्यस्थतामा इजरायल र हमासबीच ४ दिनका लागि युद्ध विराम भएको थियो । यस अवधिमा हमासले ११२ बन्धकहरूलाई रिहा गरेको थियो। यसै क्रममा इजरायलले जेलमा रहेका २४० भन्दा बढी प्यालेस्टिनीलाई पनि रिहा गरेको थियो ।

हमास र इजरायल बिचको युद्ध विराम सम्झौता र बन्धकहरूको रिहाइसँग सम्बन्धित विवरणहरू खुलाइएको छैन। यद्यपि, केही मिडिया रिपोर्टहरूका अनुसार यसले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्ने कुरा गरेको छ । बदलामा इजरायलले जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।

हिब्रू मिडिया च्यानलहरूका अनुसार इजरायलले प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने जस्ता धेरै ठुला सहुलियतहरू दिन तयार छ। यद्यपि, इजरायलले पनि बन्धकहरूलाई रिहा गर्ने बदलामा गाजामा युद्ध अन्त्य नगर्ने बताएको छ ।

६ महिनाको युद्धमा इजरायलले रफाह बाहेक सम्पूर्ण गाजा कब्जा गरेको छ । रफाहमा आक्रमण गर्नुअघि इजरायलले हमासलाई सम्झौताको अन्तिम मौका दिएको थियो। हमासले सम्झौता स्वीकार नगरे इजरायलले रफाहमा ठुलो हमला गर्ने बताएको थियो ।

हाल रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...