health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरूले बदनाम गर्न विभिन्न ढङ्गले हिलो छ्यापेको बताएका छन् ।
कसैको नाम नलिईकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईँहरूले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मङ्गलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् ।
रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरूलाई खबरदारी गर्न तपाईँहरूले वैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’
०८४ को निर्वाचनसम्म आफूहरूलाई पुराना शक्तिहरूले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरूलाई झुटा मुद्दा लाग्छन्, उनीहरूको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईँहरू त्यसले आत्तिनु पर्दैन ।’
नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे सकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाइएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाइएको उनको कुरा थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरूलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’
यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठुलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईँहरू प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईँहरू धेरै आत्तिनु हुँदैन । तपाईँहरू अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदै छ ।’
सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथि के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठुलै सप्राइज आउने बताए ।
उनले आफूहरू देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रूपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए । कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णिम वाग्ले, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।