health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमान्डु, वैशाख १२ । लेनिन स्मृति शतवार्षिकीको आयोजनामा राजधानीमा अंतरराष्ट्रीय लेनिन सेमिनार सम्पन्न भएको छ। वैशाख १० र ११ गरी सेमिनार दुई दिनसम्म चलेको थियो । सेमिनारमा नेपाल, भारत, बङ्गलादेश तथा चीनका विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पहिलो कार्यपत्र महेश मास्केले प्रस्तुत गरेका थिए । दोस्रो कार्यपत्र प्रोफेसर जीयनकुन गाओले र तेस्रो कार्यपत्र टङ्क कार्कीले प्रस्तुत गरे । कार्यपत्रमाथि क्रमशः करुणा पराजुली, मित्रलाल पङ्गेनी, झलक सुबेदी र रोशन जनकपुरीले टिप्पणी गरेका थिए ।
कार्यक्रमको अध्यक्षता निनु चापागाईँ र सञ्चालन सङ्गीतले गरेका थिए । जनगायक जीवन शर्मा र सुसेला समूहले गीत प्रस्तुत गरेका थिए भने विनोद विक्रम केसीले कविता वाचन गरेका थिए ।
कार्यपत्रमाथि दुई दर्जन सहभागीहरूले जिज्ञासा राखेका थिए ।
अंतर्रास्ट्रिय लेनिन सेमिनारको दोस्रो तथा अन्तिम दिन
सेमिनारको दोस्रो दिन बङ्गलादेशको समाजवादी मार्क्सवादीका केन्द्रीय सदस्य जयदीप भट्टाचार्जीले “ Lenin on Party organization” विषयक कार्यपत्र प्रस्तुत गरे । हरि रोकाले “Lenin and imperialismः the contemporary context”, SUCI का पॉलिट्ब्यूरो सदस्य अमिताभ चटर्जीले Lenin the fighter against revisionism in communist movement” प्रस्तुत गरे ।

त्यसपछि मजदुर बिगुलका सम्पादक तथा मार्क्सवादी लेखक अभिनव सिन्हाले “ Meaning of Lenin in 21st century” विषयको कार्यपत्र प्रस्तुत गरे । सेसनको अन्तमा “ Lenin’s contribution in the development of Marxist philosophy” विषयक कार्यपत्र क्रान्तिकारी माअाेवादी केन्द्रका अध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गर्नु गरे ।
प्रस्तुत भएका कार्यपत्रमाथि क्रमशः धर्मेंद्र बास्तोला, रामराज रेग्मी, सङ्गीत, श्याम श्रेष्ठ र समीर सिंहले टिप्पणी गरेका थिए ।
कार्यक्रममा कवि बलराम तिमलसिंनाले कविता वाचन गरे भने कार्यक्रमको अवधिभरि सुशीला समूहले जोसिला गीतहरू प्रस्तुत ग़रीरहे ।
अन्तमा अध्यक्ष निनु चापागाईँले गोष्ठीको सार्थकताको चर्चासहित कार्यक्रम सम्पन्न गरेका थिए ।