health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण नगरेका राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गरेको छ ।
आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २० राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरिक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एक राजनीतिक दल गरी २१ राजनीतिक दललाई सात दिन भित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जनाएको छ ।
लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूमा आम आदमी पार्टी, नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी, शिव सेना नेपाल पार्टी, राष्ट्रवादी एकता पार्टी, लगायत रहेका छन् ।