health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता जारी रहेको छ । झापाबाट काठमाडौँ आउनासाथ एमाले अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका हुन् ।
सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र ओलीले छलफल गरिरहेका बेला गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि पुगेका छन् ।
एकीकृत समाजवादीले सुदूरपश्चिममा काँग्रेससँग मिलेर सरकारमा दाबी गर्ने तयारी समेत गरेपछि अन्तिम समयमा एमालेले दीर्घ सोडारीलाई समर्थन गरेपछि सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।