15
Apr
-डा चूडाप्रसाद ढकाल नेपालको राजनीतिक अखडा गतिशील त छ, तर अस्थिर छ। स्थिरता कुनै एउटा गुमनाम चराको नाम हो, जहाँ नेतृत्वको बारम्बार परिवर्तनले लामो समयको योजना र विकासका कामहरूलाई अक्सर छायामा पार्ने गरेको छ। यस प्रकार नेतृत्वको निरन्तर परिवर्तनले दिगो विकासको सम्भावनालाई अवरुद्ध गर्नुका साथै अल्पकालिक राजनीतिक लाभका लागि स्रोतहरूको चरम दुरुपयोग गर्ने गर्दछ। राजनीतिक उथलपुथलको यस प्रकारको सार हामी कवि चूडा ढकालको एउटा मार्मिक हाइकुमा प्राप्त गर्न सक्दछौँ: हतार छैनधरती खन्न, बरु मुख्य/प्रधान-मन्त्री बन्न!! यो हाइकुले राष्ट्र निर्माणको लागि आवश्यक परिश्रम र सतत कार्यलाई राजनीतिक सत्ता प्राप्तिको लागि तुच्छ र घृणित तँछाड-मछाडसँग तुलना गर्दछ। जो, नेपालका अधिकांश नेता (?)…