health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

सुर्खेत , १९ चैत ः सत्ता साझेदार दलहरूको बिचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए । सत्ता साझेदार माओवादी र एमालेको बिचमा ठोस सहमति नहुँदै काँग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैको दाबी कार्यमै रहेको छ ।
यो समाचार तयार पर्दा सम्म कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका रूपमा रहेको कर्णालीमा एमालेलाई पहिलो चरणमा मुख्यमन्त्री दिन नसक्ने उनको भनाई छ । एमालेका साथीहरूले पहिला पनि विश्वासको मत दिनुभएको हो , अहिले पनि सोही आधारमा तिनै मन्त्रालय लिएर जाँदा राम्रो हुने हो उनले भने । कर्णालीका मुख्यमन्त्री शर्मा नेकपा ( माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । त्यसैले पनि जर्नादनले माओवादीको पदाधिकारीको बैठकमा समेत कर्णाली माओवादीले नै लिनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई समय ,समयमा धम्क्याउने र फरक विचार राख्न खप्पिस जर्नादनको यो पटकको सूत्रले काम गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी रहेको छ ।
अर्का उपमहासचिव तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले यो विषयमा खोलेका छैनन् । हत्तपत्त नबोल्ने , यदि बोल्नै परे हिसाब गरेर बोल्ने बस्नेत प्रदेशको भागबन्डाका विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको देखिँदैन । गुट निर्माणमा ध्यान नदिने बस्नेत सबैलाई हुन्छ भनेर मात्र जवाफ दिने गर्दछन् । एमालेका युवा नेता विष्णु रिजालले कुनै पनि हालतमा एमालेले कर्णालीको नेतृत्व लिन पाउनुपर्ने बताएका छन् । हामी ठुलो दल भएर पनि केन्द्रमा माओवादीलाई दिएका छौँ भने कर्णालीमा हामी तेस्रो दल भए पनि कर्णालीमा पहिलो नेतृत्व गर्न पाउनुपर्ने उनको भनाई छ ।
कर्णालीको माओवादी समेत दुई भागमा विभाजन भएको देखिन्छ । मुख्यमन्त्री शर्माले काम गर्न नसकेको , कर्मचारी परिचालनमा फेल भएको भन्दै पार्टी तथा संसदीय दलको बैठकमा समय ,समयमा चर्को आलोचना हुने गर्दछ । शर्मा सरकारको नेतृत्वमा रहेका केही मन्त्रीहरू पुरै गुमनाम नै रहेको भन्दै जागिर खाना मात्र सरकारका मन्त्री भएको आरोप समेत लाग्ने गरेको छ । बजेट कार्यान्वयनमा समेत कमजोर मात्र होइन , भूकम्पको समयमा समेत प्रभावहीन रहेको भन्दै कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्य राजीव विक्रम शाहले केही दिन अघि सरकारको जवाफ माग समेत गरेका थिए । एमालेबाट मुख्यमन्त्रीका दाबेदार यामलाल कँडेलले मुख्यमन्त्री जसरी नि बन्नुपर्ने भन्दै कम्मर कसेर लागेको पाइएको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो नभएको चर्चा हुने कँडेलको यो पटक मुख्यमन्त्री बन्नका लागि कसरी राजनीतिकको कोर्स अगाडी बढ्छ हेर्न भने बाँकी रहेको छ ।