Gyaan Ghar

Advertisement

 भागबन्डा टुङ्गो नलाग्दै कर्णालीमा मुख्यमन्त्री विश्वासको मत लिँदै


  • हेमन्त केसी

सुर्खेत , १९ चैत ः सत्ता साझेदार दलहरूको बिचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए । सत्ता साझेदार माओवादी र एमालेको बिचमा ठोस सहमति नहुँदै काँग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैको दाबी कार्यमै रहेको छ ।

यो समाचार तयार पर्दा सम्म कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका रूपमा रहेको कर्णालीमा एमालेलाई पहिलो चरणमा मुख्यमन्त्री दिन नसक्ने उनको भनाई छ । एमालेका साथीहरूले पहिला पनि विश्वासको मत दिनुभएको हो , अहिले पनि सोही आधारमा तिनै मन्त्रालय लिएर जाँदा राम्रो हुने हो उनले भने । कर्णालीका मुख्यमन्त्री शर्मा नेकपा ( माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । त्यसैले पनि जर्नादनले माओवादीको पदाधिकारीको बैठकमा समेत कर्णाली माओवादीले नै लिनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई समय ,समयमा धम्क्याउने र फरक विचार राख्न खप्पिस जर्नादनको यो पटकको सूत्रले काम गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी रहेको छ ।

अर्का उपमहासचिव तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले यो विषयमा खोलेका छैनन् । हत्तपत्त नबोल्ने , यदि बोल्नै परे हिसाब गरेर बोल्ने बस्नेत प्रदेशको भागबन्डाका विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको देखिँदैन । गुट निर्माणमा ध्यान नदिने बस्नेत सबैलाई हुन्छ भनेर मात्र जवाफ दिने गर्दछन् । एमालेका युवा नेता विष्णु रिजालले कुनै पनि हालतमा एमालेले कर्णालीको नेतृत्व लिन पाउनुपर्ने बताएका छन् । हामी ठुलो दल भएर पनि केन्द्रमा माओवादीलाई दिएका छौँ भने कर्णालीमा हामी तेस्रो दल भए पनि कर्णालीमा पहिलो नेतृत्व गर्न पाउनुपर्ने उनको भनाई छ ।

कर्णालीको माओवादी समेत दुई भागमा विभाजन भएको देखिन्छ । मुख्यमन्त्री शर्माले काम गर्न नसकेको , कर्मचारी परिचालनमा फेल भएको भन्दै पार्टी तथा संसदीय दलको बैठकमा समय ,समयमा चर्को आलोचना हुने गर्दछ । शर्मा सरकारको नेतृत्वमा रहेका केही मन्त्रीहरू पुरै गुमनाम नै रहेको भन्दै जागिर खाना मात्र सरकारका मन्त्री भएको आरोप समेत लाग्ने गरेको छ । बजेट कार्यान्वयनमा समेत कमजोर मात्र होइन , भूकम्पको समयमा समेत प्रभावहीन रहेको भन्दै कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्य राजीव विक्रम शाहले केही दिन अघि सरकारको जवाफ माग समेत गरेका थिए । एमालेबाट मुख्यमन्त्रीका दाबेदार यामलाल कँडेलले मुख्यमन्त्री जसरी नि बन्नुपर्ने भन्दै कम्मर कसेर लागेको पाइएको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो नभएको चर्चा हुने कँडेलको यो पटक मुख्यमन्त्री बन्नका लागि कसरी राजनीतिकको कोर्स अगाडी बढ्छ हेर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...