health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बा र भगवान्लाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।
नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् ।
उनले भने- एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि ।’
महामन्त्री थापाले रास्वपा माथि अनि व्यङ्ग्य गर्दै नयाँ पार्टीमा पनि अध्यक्षलाई भगवान्को दर्जा दिइएको बताए । उनले भने- ‘नयाँ पार्टीमा पनि त्यस्तो छ, अध्यक्ष भनेको भगवान्, भगवान्लाई प्रश्न गर्न नपाउने, भगवान् प्रश्न भन्दा माथि, भगवान्ले ठगे पनि हुने, भगवान्ले लुटे पनि हुने, त्यस्तो पार्टी पनि हुन्छ । तर हामीले त्यस्तो पार्टी नबनाउने भन्यौँ ।’
महामन्त्री थापाले काँग्रेस भित्र भित्र अन्तर पार्टी लोकतन्त्रको अभ्यास गरिरहेको बताउँदै कार्यकर्तासँग बसेर आफ्ना समस्या बारे छलफल गर्न सकिने र गरिरहेको बताए । उनले टिकट वितरणको अहिलेको प्रणालीलाई छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।