Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
धर्मनिरपेक्षताको दर्शन र नेपाल  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

धर्मनिरपेक्षताको दर्शन र नेपाल 

  • गोविन्द शरण उपाध्याय

 १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा secularism को प्रयोग इन्दिरा गान्धीको ४२ औँ संशोधनका माध्यमले गरेको थियो | मूलतः अङ्ग्रेजी भाषामा लेखिएको भारतीय संविधानको आधिकारिक अनुवादमा secularism लाई पन्थ-निरपेक्ष भनेर गरिएको छ | विक्रम संवत् २०१८ देखि २०६२ सम्म नेपाल संवैधानिक हिन्दु राष्ट्र थियो तर व्यावहारिक रूपमा आ-आफ्ना धर्म, संस्कृति तथा संस्कृति मान्न पाउने अधिकार थियो | विक्रम संवत् २०७२ को संविधानले नेपाली राज्य-व्यबस्थालाई धर्मनिरपेक्ष बनायो | नेपाली भाषामा लेखिएको नेपालको संविधान २०७२ ले secularism लाई धर्मनिरपेक्ष लेखेपछि यसको पक्ष र विपक्षमा निकै बहस हुने गरेको छ | धेरै नेपालीहरूको अभिमत secularism को अर्थ पन्थ निरपेक्षता हो धर्मनिरपेक्षता होइन भन्ने रहेको छ | 

२. धर्म भारत वर्षमा सेमेटिक पन्थहरूको प्रवेशपछि धर्म शब्दको पर्यायवाचीका रूपमा मजहब तथा रिलिजनलाई प्रयोग गर्न थालियो | आज भारत वर्ष मूल भएका धेरैजसो सर्वसाधारण र विद्वानहरूले पनि रिलिजन र धर्म एकै हो भन्ने विश्वास राख्छन् | वैदिक संस्कृतिका धर्मका कमसेकम चार बटा अर्थ हुन्छन् (१) प्रकृति उदाहरणको लागि आगोले पोल्छ | (२) असल गुण, उदाहरणका लागि धृति, क्षमा दान आदि | (३) कर्मकाण्ड – उदाहरणका लागि नित्य कर्म र नैमित्तिक कर्महरू र (४) सम्प्रदायहरू, उदाहरणका लागि बौद्ध, जैन, किरात, शैव, वैष्णव आदि | यदि तार्किक र व्यावहारिक रूपमा चिन्तन गर्ने हो भने वैदिक संस्कृतिमा धर्मको अर्थ सदाचार र सांस्कृतिक रूपमा सम्पादन गरिने नित्य र नैमित्तिक कर्महरू पर्छन् | भारत वर्षका सम्प्रदायहरूलाई रिलिजन भन्न मिल्दैन किनभने भारत वर्षका कुनै पनि सम्प्रदायले अन्य सम्प्रदायको धार्मिक अस्तित्वलाई अस्वीकार गर्दैनन् | 

 ३. पन्थ निरपेक्षताको विकास सन् ४०० देखि १६०० सम्मको अवधिलाई पश्चिमाहरू “अन्धकार युग” भनेर चिन्छन् | यो अवधिमा चर्च र बाइबलको हातमा सम्पूर्ण राजकीय तथा धार्मिक शक्ति थियो | चर्च र बाइबलका विरुद्ध बोल्नु वा आलोचना गर्नु भनेको आत्महत्या गर्नु थियो | संसारमा सूर्यजस्ता अनेकौँ तारा छन् भन्ने तत्थ्य खोज गरेका ब्रुनोलाई पोपले जिउँदै जलाएका थिए | जनतामा चर्च विरुद्ध आक्रोश बढेपछि चर्चले बाइबलका आदर्शहरूलाई विज्ञानसम्मत बनाउने उद्देश्यले एक जना फादर कोपर-निकसलाई अनुसन्धान गर्न दियो तर उनको अनुसन्धानको निष्कर्ष बाइबल र चर्चको विश्वास विरुद्ध भयो | जसरी जसरी चर्च आक्रामक भयो, त्यसरी नै बेकन, देकार्त, लक, ह्युम, कार्ल मार्क्स आदि चर्चको विरुद्ध उभिए | सन् १६०० तिर प्राचीन ग्रीकेली दार्शनिकहरूको चिन्तन फेला परेपछि पूरै युरोप चर्च (बाइबल)का विरुद्ध उभियो | इटालियन विचारक कोम्टे र मेकियावेलीले चर्च र राज्यलाई पूर्णतया अलग गर्नुपर्छ भन्ने चिन्तन अगाडी बढाए |

 ४. पन्थ निरपेक्षताको सिद्धान्त यही सिलसिलामा इंग्ल्यान्डका राजनैतिक चिन्तक जर्ज जर्ज-जेकोब होलाइकले सर्वप्रथम secularism शब्दको प्रयोग गरे | उनले secularism को उद्देश्य क्रमशः राज्यव्यवस्थामा चर्चलाई अस्वीकार गर्ने, विज्ञानप्रति विश्वास बढाउने, कुनै पनि परा भौतिक विश्वासलाई अस्वीकार गर्ने र राज्य व्यवस्थाभित्रका मान्छेले धार्मिकताप्रति बेवास्ता गर्ने गरी राज्यको पुनर्संरचना गर्न सुझाव दिए | मूलतः जेकोवको secularism चर्च विरुद्धको आक्रोश थियो | यहाँ पाठकले बुझ्नै पर्ने कुरा के हो भने चर्चको शक्तिलाई इसाईहरूबाट होइन मुस्लिमहरूबाट चुनौती हुन्थ्यो | मूसाका अनुयायी भएर पनि मुस्लिम र इसाई सधैँ जिहाद र क्रुसेडमा व्यस्त रहन्थे | निरन्तरको जिहाद र क्रुसेडबाट जनता आजित थिए | इसाईहरूले क्रुसेडका लागि जनतालाई बाध्य पार्थे | यही आक्रोशको वरिपरिमा कार्ल मार्क्सले बाइबलका आदेशहरूलाई “अफिम”| अर्कोतिर नित्सेले “ईश्वर मर्‍यो” भन्दै चर्चलाई चुनौती दिए | 

५. पन्थ निरपेक्षताको कार्यान्वयन जेकोबको सन् १९०६ मा निधन भयो | त्यस बखतको विश्व एकातिर औद्योगिक क्रान्तिमा व्यस्त थियो भने अर्को उपनिवेशवादले जर्जर भएको थियो | तेस्रोतिर प्राकृतिक संसाधनहरूमा सामन्तहरूको रजाइँ थियो | पहिलो विश्वयुद्धले विश्वको अर्थव्यवस्थालाई थप क्षति पुर्‍यायो भने विभिन्न महामारीहरूमा “परमेश्वरले आफ्नो सबैभन्दा प्रिय सृजना मानव-समाज”को विनाशलाई रोक्न कुनै हस्तक्षेप गरेन | कार्ल मार्क्सले विश्व भरी महिला अधिकार, समानता तथा संसाधनहरूमा गरिबको पहुँच” भन्ने नारा लोकप्रिय हुँदै गयो | फलतः राजतन्त्र तथा सामन्त तन्त्रका विरोधीहरूले जेकोवको secularism लाई राज्यव्यवस्थामा स्थान दिन सुझाए | त्यसपछि विश्वका अनेकौँ राष्ट्रहरूले घोषित वा अघोषित रूपमा धर्मनिरपेक्षताको सिद्धान्तलाई कार्यान्वयन गर्न गर्न थाले | यस्तो गर्ने पहिलो राष्ट्र फ्रान्स हो | 

६. भारत बर्षीय परिपेक्षमा धर्मनिरपेक्षता वैदिक संस्कृतिमा धर्मको परिभाषा, बुझाई र कार्यान्वयन युरोपेली “पुनर्जागरण” भन्दा निकै फरक छ | अङ्ग्रेज र मुस्लिमहरूको उपनिवेशबाट आजित भएको भारतले देशको सर्वांगी उन्नतिको लागि बाटो खोज्दै गर्दा, सन् १९४७मा स्वतन्त्रता प्राप्त गर्‍यो | अङ्ग्रेजहरूले भारतको राजनैतिक नेतृत्व जन्म र शरीरले भारतीय तर बुझाई बाट अङ्ग्रेजहरूलाई सुम्पे | फलतः तेहाको संविधान अङ्ग्रेजीमा लेखियो र अङ्ग्रेजहरूले जुन सिद्धान्तहरूलाई देशको प्रगतिका लागि प्रतिमानका रूपमा अङ्गीकार गरेका थिए, त्यही स्वतन्त्र भारतले स्वीकार गर्‍यो | फलतः स्वभावले नै एक अर्काको अस्तित्वलाई सम्मान गर्ने, धर्मका मामिलामा उदार विचार राख्ने तथा धर्मलाई सद्गुणको अभ्यास मान्ने समुदायहरूको तुलना “रिलिजन”सँग हुन थाल्यो | सेमेंटिक रिलिजनहरूले लडेका जिहाद र क्रुसेडहरूको क्रूरता समेत भारत वर्षका सम्प्रदायहरूमा स्थापित गरियो | फलतः हिन्दु पनि धर्म अर्थात् रिलिजनमा बुझिन थाल्यो |

 ७. नेपाली धर्मनिरपेक्षता जर्ज जेकोबले कार्ल मार्क्सको निरिश्वरवाद तथा पुँजीवादी विरुद्धको आन्दोलनलाई महत्त्व दिएनन् तर मार्क्सवादबाट अ प्रभावित विश्वको कुनै पनि मुलुक रहेन | परम्परागत रूपमा अनेकौँ मतहरूको शान्तिपूर्ण तवरले अभ्यास गरिरहेका नेपाली जनताका लागि हिन्द राष्ट्र कुनै समस्या थिएन | सेमेटिक धर्महरूले पनि यहाँ स्थान पाएकै थिए | तर नेपालका मार्क्सवादी र समाजवादीहरूले “हिन्दु”हरूको नाममा रहेको सबैधानिक “हिन्द राष्ट्र” सहन सकेनन् | अचम्मको कुरा के भने साम्राज्यवादीका मतियार “जर्ज जेकोव”ले स्थापित गरेको “धर्मनिरपेक्षता”को प्रतिमान नेपाली संविधानमा स्थापित गरियो | समाजवादी र मार्क्सवादीहरूको राष्ट्रलाई “धर्मनिरपेक्ष” बनाउने पूर्वाग्रह त पूरा भयो तर जर्ज जेकोबले निर्धारित गरेको लक्ष विरुद्ध धर्मनिरपेक्षताको परिभाषा नै परिवर्तन गरियो | यसरी नेपाली धर्मनिरपेक्षता न नेपाली मौलिकताको संरक्षक बन्न सक्यो, न यसले जर्ज जेकोबलाई सम्मान गर्न सक्यो | साथै, मार्क्सवादले स्थापित गर्न खोजेको “भौतिकवादी राज्य प्रणाली नै स्थापित हुन सक्यो | 

८. नेपाली धर्मनिरपेक्षता जर्ज जेकव होस् वा कार्ल मार्क्स आफ्नो सिद्धान्तमा प्रस्ट छन् | नेपाली सदर्भमा यहाँको धर्मनिरपेक्षता वैचारिक विरोधाभासहरूको बोक्नै नसक्ने भारी हो | नेपाली समाज प्राकृतिक रूपमा आ-आफ्नो धर्म, संस्कृति तथा परम्पराहरूलाई मान्दै विदेशी संस्कृति (मुस्लिम, इसाई, बहाई) सम्मान गर्ने प्रकृतिको छ | नेपाली संविधानमा लेखिएको धर्मनिरपेक्षताले नेपाली अर्थतन्त्र र सामाजिक स्थिरतालाई गहिरो क्षति पुर्‍याएको छ | हिन्दुहरू र तिनका धार्मिक प्रतिमानहरू (गाई, मन्दिर, कर्मकाण्ड आदि) आदि विरुद्ध जातिवादी, अधिकारवादी, सेमेटिकहरूले सङ्गठित रूपमा प्रहार गर्दा राज्य असहाय देखिन्छ तर हिन्दुले एउटा शब्द पनि प्रतिकारमा प्रयोग गर्दा पूरा राज्य “माइनोरिटी”को रक्षाका लागि उभिन्छ | राज्यको यस्तो धर्मनिरपेक्ष चरित्रले हिन्दुहरूमा असहिष्णुता बढ्दो छ भने अर्कोतिर धर्मनिरपेक्षताको छाता ओढेर विदेशीहरूले धर्म परिवर्तन गरेर सांस्कृतिक विनाश गर्दै छन् |

 अन्त्यमा, नेपाली राजनैतिक शक्तिहरूको वैचारिक तथा दार्शनिक धरातल पूर्णतया अस्पष्ट, आफ्नो मौलिक प्रतिमानहरूलाई “शत्रु” ठान्ने र ससानो परिवर्तनमा विदेशीहरूबाट प्रभावित हुने खालको छ | धर्मनिरपेक्षता आफैमा कुनै खराब र विध्वंसक दार्शनिक चिन्तन होइन तर देशको आफ्नो मौलिक दार्शनिक चरित्र विरुद्ध विदेशी सिद्धान्तहरू थोपर्न खोज्दा दुर्घटनाको बढी जोखिम हुन्छ | धर्मनिरपेक्षता विरुद्ध र हिन्दु राष्ट्रका पक्षमा बढ्दो दबाबले अहिलेका सत्तापक्ष र विपक्षीहरू आत्तिएका छन् | पूर्वप्रम र वर्तमान प्रमले यस विषयमा आफ्नो धारणा राख्न राखेर आफ्नो चिन्ता प्रकट गरिसकेका छन् | देशको वैचारिक चरित्र एकातिर, धर्मनिरपेक्षताको सिद्धान्त अर्कोतिर र राज्य सञ्चालन गर्ने साम्यवादी र समाजवादीको ओरिएन्टेशन अर्को हुँदा देशले वैचारिक र व्यावहारिकता ठुलो मूल्य चुकाउदै छ | समाजवादी, साम्यवादी, परम्परावादी, धर्मनिरपेक्षतावादी तथा स्वार्थवादीहरूको वैचारिक जालमा नेपाली समाज अगेनोंमा आलु पोलिएझैँ पोलिएको छ | यसले “नेपाली राजनीतिले विदेशीहरूलाई केन्द्रमा राखेर होइन, नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गर्नुपर्छ” भन्ने प्रस्ट सन्देश दिएको छ | 

  स्वस्त्यस्तु

  • लेखक त्रिचन्द्र कलेजमा दर्शनशास्त्र अध्यापन गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...