Gyaan Ghar

Advertisement

परपुरुषसँग अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने तालिबानको घोषणा


काबुल, १४ चैत । अफगानिस्तानमा फेरी अवैध सबन्ध राख्ने महिलालाई ढुङ्गाले हानेर मारिने नियम बनाइएको छ । 

तालिबान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अवैध सबन्ध राख्ने महिलालाई सार्वजनिक स्थलमा ढुङ्गाले हानेर मारिनेछ ।

उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात् आफ्नो पति बाहेक अरूसँग यौन सम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ।

एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिँदै  इस्लामिक कानुन सरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन् । उनले भने, ‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइने छ ।’

अखुन्दजादाले भने, ‘के महिलाहरूले पश्चिमा देशहरूको कुरा गरिरहेका अधिकार चाहन्छन् ? त्यस्ता सबै अधिकारहरू सरिया र धर्मगुरुहरूका राय विरुद्ध छन्। पश्चिमा लोकतन्त्रलाई उखालेर फाल्ने उही धर्मगुरुहरू हुन् । हामीले पश्चिमाहरू विरुद्ध २० वर्ष लड्यौँ र आवश्यक परे आगामी २० वर्षसम्म लड्नेछौँ ।’

तालिबान नेताले अगाडी यो पनि भने कि, ‘हामीले काबुललाई पुनः कब्जा गरेर मात्रै हाम्रो काम सकिएको छैन, हामी चुपचाप बसेर चिया पिउने छैनौँ। हामी अफगानिस्तानमा सरिया फिर्ता गर्नेछौँ।’

अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ उनीहरूको अधिकार निरन्तर कुण्ठित भइरहेको छ । पहिलो, किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाई विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएको छ ।

अधिकांश कामबाट महिलाहरूलाई हटाइयो वा तिनीहरूको ठाउँमा आफ्नै परिवारका एक जना पुरुषलाई नियुक्त गरिएको छ भने अफगानिस्तानमा ब्युटी पार्लर जाने र खेलकुद खेल्ने जस्ता महिलाहरूको धेरैजसो गतिविधिमा प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...