health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

हेटौडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली काँग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री जमरकट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा समेत आफ्नो दाबीदारी पेस गरेको छ ।
केन्द्रको गठबन्धन अनुसार मुख्यमन्त्री जमरकट्टेलको पक्षमा माओवादीका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ गरी ५५ सदस्यको समर्थन रहेको छ । त्यस्तै ११० सदस्यीय प्रदेश सभामा नेपाली काँग्रेस ३७ सिटसहित सबैभन्दा ठुलो दल रहेको छ ।
प्रदेशमा राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । बागमती प्रदेशमा राप्रपाका सभामुख रहेका छन् ।
यस्तो अङ्क गणितमा मुख्यमन्त्री जमरकट्टेललाई विश्वासको मत लिन एक मत आवश्यक रहेको छ ।