Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
उपत्यकामा आज हुने कार्यक्रमहरू - Gyaan Ghar

Gyaan Ghar

Advertisement

उपत्यकामा आज हुने कार्यक्रमहरू

  १.नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ८ तथा क्षेत्रीय कार्य समिति परिवारले नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व उद्योग मन्त्री संविधान सभा सदस्य स्व. नवीन्द्र राज जोशीको तेस्रो पुण्य तिथिको अवसरमा उहाँको प्रतिमामा (सालिक) माल्यार्पण कार्यक्रम गर्ने । स्थान :- यट्खा कुमार मन्दिर परिसर । समय :- ७:३० बजे । 

 २.रास्वपा पर्वत काठमाडौँ सम्पर्क विभाग गठन सम्बन्धमा छलफल कार्यक्रम हुने । स्थान :- पार्टी कार्यालय, वनस्थली । समय :- १०:०० बजे ।

 ३.नेकपा (माओवादी केन्द्र) निकट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्मचारी सङ्गठनले राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय समितिको पोखरा प्राविधिक शिक्षालय, पोखरामा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसार पाँच बुँदे मागहरू राख्दै कार्यालय समय भरी पेन डाउन तथा कालो ब्यानर सहित धर्ना कार्यक्रम गर्ने । (माघ ११ गते देखि सार्वजनिक बिदा बाहेक प्रत्येक दिन) । स्थान :- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को प्राङ्गण, सानो ठिमी । समय :- १०:०० बजे । 

 ४.नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ का सन्दर्भमा कला समीक्षा कार्यशाला कार्यक्रम गर्ने । स्थान :- नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नक्साल । समय :- ११:३० बजे । 

 ५.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित सङ्घर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरूलाई आन्तरिक प्रतिस्पर्धा बाट पदोन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने । स्थान :- सिभिल सर्भिस अस्पताल, मिनभवन । समय :- १३:०० बजे । 

 ६.गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा नेपाली काँग्रेसका तत्कालीन केन्द्रीय सदस्य तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व.नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी विषयक विचार गोष्ठी कार्यक्रम गर्ने । स्थान :- एलिस रिसेप्सन, गैरीधारा । समय :- १३:०० बजे ।

 ७.अनेरास्ववियु केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको म्यान्डेट अनुसार केन्द्रीय कमिटी, आयोग र विभागका विभिन्न जिम्मेवारीमा मनोनीत पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुने । स्थान :- त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, कीर्तिपुर । समय :- १३:०० बजे ।

 ८.Dharma Television तथा Buddhist Teaching & Meditation Center को संयुक्त महाअभियानले प्रथम अन्तर्राष्ट्रिय ङ्युङने बौद्ध समारोह ‘२०२४’ गर्ने बारे वृहत् पत्रकार सम्मेलन गर्ने । स्थान :- रिपोर्टस क्लब नेपाल, भृकुटीमण्डप । समय :- १४:०० बजे । 

 ९.राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा वार्षिक भित्ते पात्रो विमोचन लगायत विविध कार्यक्रम गर्ने । स्थान :- सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल । समय :- १५:०० बजे । 

 १०.नेकपा (एमाले) ललितपुर महानगरपालिका-२१, खोकनाको दोस्रो वडा अधिवेशन हुने । स्थान :- ननीचा गुठी, खोकना । समय :- १६:०० बजे । 

 ११.विवेकशील साझा पार्टीका विजयबाबु सिवाकोटी लगायतले माइतीघर मण्डला को निशेधआज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राखी प्लेकार्ड प्रदर्शन गर्ने । स्थान :- माइतीघर मण्डला । समय :- १६:३० बजे ।

 १२.राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको नागरिक मिटर ब्याज तथा पीडित कृषक विभागले फागुन २२ गते १४:०० बजे देखि तीनकुने चौरमा विभिन्न माग राखी बसेको अनिश्चित कालिन रिले अनसन कार्यक्रम यथावत् । 

 १३.लघुवित्त तथा वित्तीय संस्थाको शोषण विरुद्ध सङ्घर्ष समिति फागुन १ गते देखि मुङ्लिन बाट पैदल आई फागुन ६ गते बाट भण्डार खाल र फागुन २० गते बाट थापाथली चेस पार्कमा बसेकोमा फागुन २८ गते देखि पुन भण्डार खालको खालि पार्किङमा बसेको (चैत्र २ गते सरकार सँग सहमति भए पनि अझै केही दिन सोही स्थानमा बस्ने) । १४.शान्ति वाटिकामा विभिन्न मिति देखि बसी फागुन ४ गते देखि भृकुटी मण्डपमा सरेको पीडित आरती रावल गिरि र तेल बहादुर घले लगायतको अनशन तथा धर्ना कार्यक्रम जारी ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...