Gyaan Ghar

Advertisement

अमेरिकामा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण


न्युयोर्क, १२ चैत । अमेरिकामा एक जीवित बिरामी माथि सुँगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।  

म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन । 

उनीहरूलाई सो मृगौंला प्रत्यारोपण गर्नका लागि चार घण्टाको शल्यक्रिया समय लागेको थियो।

सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अङ्गहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसे ढुङ्गा हो।’

अङ्गको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपणको लागि प्रतीक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् ।

शल्यक्रिया गर्ने टोलीका सदस्य डा तात्सुओ कावाईले भने, ‘हाम्रो आशा छ कि यो प्रत्यारोपण दृष्टिकोणले मिर्गौला फेल भएका विश्वका लाखौँ बिरामीहरूलाई जीवन रेखा प्रदान गर्नेछ।’

प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जिन हटाएको र निश्चित मानव जिन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ। अस्पतालले भन्यो कि ‘बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचार पछि निको भइरहेको छ र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।’

मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलिसिस रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ । १२ जनाको ज्यान गएको र करिब २८ सय घाइ...
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीक...
संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारक...
रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठम...