health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

खड्क सुनार
मुगु ९ चैत । मुगुको छायाँनाथ रारा नगरपालिका १३ लह गाउँका सुरेन्द्र रोकाया उमेरले २७ वर्ष पुगे ।
४ वर्ष खाडी मुलुक विदेशमा बिताए । भेडावाख्रा पालन पुख्याैली पेसा भएकाले पढ्ने उमेरमै गोठालो बन्नु पर्दा लेखपढ छुट्यो । विदेशमा बगाएको पसिनाले उनको जीवनमा खुसी त भेटाए तर सुख मिलेन । तर अहिले फर्केर यीनै भेँडाबाख्रा जीवनको सहारा बनाएका छन् । भेँडाबाख्रासँग पौँठे जोरी गर्दे खुसी भेट्ने बिचारमा रहेको उनले जनाए ।
कर्णालीका मुगु सहित अन्य हिमाली जिल्लामा आम्दानी थुप्रै सम्भावना श्रोत छन् । यहाँको प्रमुख व्यावसायिक कृषि र अन्य आम्दानीको प्रमुख सम्भावना भएका क्षेत्र हुन् । बहुमूल्य जडीबुटी लगायतका थुप्रै आर्थिक सम्भावना बोकेको मुगुमा पछिल्लो समय भेँडाबाख्रा पालन पनि आम्दानीको गतिलो स्रोत बनेको छ ।
३० वर्षकै उमेरदेखि भेँडा पालनमा लागेका श्रीबहादुर बढुवाल अहिले ६२ वर्षको हुनुभयो । उनीसँग ४० वटा भन्दा बढी भेँडाबाख्रा छन् । शरीर बुढो हुँदै, स्वास्थ्य सँग लड्दै गए पनि भेँडासँग लुरीबुरी गर्दै गाउँ बेँसी गर्ने रहर ताजै छ ।
मुगुका झन्डै पाँच हजार किसानको मुख्य आम्दानीको स्रोत नै भेँडा बाख्रा पालन हो । उपयुक्त हावापानी र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि भेँडापालनमा लाग्ने किसानको सङ्ख्या बढिरहेको छ । यहाँको रैथाने बाली कोदो, जौ, गहुँलगायतका अन्नबालीबाट आम्दानी हुने सङ्केत नदेखे पछि भेडावाख्रा पालनमा होमिएर आम्दानीको श्रोत बुन्ने सोरु गाउँपालिका वडा नं ११ धैनकोटका धलपुरा मस्टा बाख्रा पालन समितिका अध्यक्ष दलजित सार्कीले बताए ।
भेडा–बाख्राको ऊनबाट राडिपाखी, काम्लो, फेरे लगायतका सामग्रीहरू बन्छन् । तर भेँडा पालन सोचेँ जस्तो व्यवस्थित र व्यावसायिक बन्न सकेको छैन । स्थानीय सरकारले पनि भेँडापालक किसानलाई महत्त्व नदिएको किसान मंसिरा सार्कीले बताइन ।
पछिल्लो समय मुगुका किसानहरू रैथाने बाली उत्पादन गर्न छोडेपछि कतिपय किसानहरू भेडा बाख्रा पालन तिर लागेका छन् । लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत न्यून वर्गका किसानहरू लाई आर्थिक उपार्जनमा टेवा पुग्ने हेतुले मुगुका किसानहरू लाई छनौट गरेर भेडा बाख्रा वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भिमचन्द्र बुढाले बताए ।
उनका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु को आ.व.२०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रा पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रजनन योग्य बाख्रा ४६ वटा र १ वटा प्रजन्न योग्य बोका सोरु गाउँपालिका वडा नं ६ जिमामा ४७ वटा बाख्रा , त्यस्तै पुरुमुरु गाउँमा ६५ र धैनकोट गाउँमा विशेष गरेर दलित समुदायका ५२ जना किसानलाई एक सय वटा बाख्रा , लह गाउँमा ९८ र बाल चौर गाउँमा ७९ वटा बाख्रा वितरण गरिएको प्रमुख बुढाले बताए । साथै वितरण सँगसँगै सगरमाथा लुम्बिनी ईन्स्योरेन्स क.ली. शाखा कार्यालय मुगु बाट बिमा पनि गरिदिएको अवगत गराए ।