health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

रोम, ५ चैत । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ ।
इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने, ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो भने यो ठुलो गल्ती हुनेछ। हामीले युक्रेनलाई यति धेरै सहयोग गर्नुपर्छ कि उसले आफूलाई बचाउन सक्छ।’
उनका अनुसार युक्रेनमा प्रवेश गरी रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्धलाई निम्तो दिनु हो। इटालीका विदेश मन्त्रीको यो टिप्पणी फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना पठाउने कुरा गरिरहेको बेला आएको हो ।
ताजानीले पनि हाम्रो सेनाले जे गरिरहेको छ त्यो राम्रो भएको बताए । उनले लाल सागरमा हाम्रा जहाजहरू बचाउँदै छन्। उनले युक्रेनमा सेना पठाउन स्पष्ट रूपमा अस्वीकार गरे।
गत महिना फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा सेना अवतरण गर्ने सम्भावनालाई अस्वीकार गरेका थिए । उनले गत शुक्रवार पनि यही कुरा दोहोर्याइरहेका छन् । ‘म यो पनि होस् भन्ने चाहन्न। म यो पहल गर्दिन तर हामीले युक्रेनमा जमिनमा कारबाही गर्न आवश्यक छ, जुनसुकै भए पनि रुसी सेनालाई धपाउन,’ उनले फ्रान्सेली अखबार ला पेरिसियनलाई भनेका छन् ।
उनले भनेका थिए कि फ्रान्ससँग युद्धमा जान सक्ने शक्ति छ, त्यो गर्न सक्छ । सोही सिलसिलामा शुक्रवार म्याक्रोनले जर्मनी र पोल्यान्डका नेताहरूलाई पनि भेटेका थिए । यसपछि उनले भनेका थिए कि हामी तीनैले रुसलाई कहिल्यै जित्न दिने छैनौँ । हामी अन्तिमसम्म युक्रेनका जनताको साथमा छौँ ।’