health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौँ पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।
तीन दिनसम्म चलेको मतदान प्रक्रिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ ।
रुसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनका धेरैजसो विपक्षी अहिले जेलमा छन् वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरिसकेको छ। जसका कारण पनि पुटिन छैंटो पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको हो ।
यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी २०३६ सम्म रुसको राष्ट्रपति रहन सक्छन्। वास्तवमा, २०१८ को चुनावसम्म रुसमा कुनै पनि राष्ट्रपति लगातार दुई कार्यकाल भन्दा बढी राष्ट्रपति रहन नसक्ने संवैधानिक व्यवस्था थियो । यही कारणले सन् २००० देखि २००८ सम्म राष्ट्रपति भइसकेपछि पुटिनले सन् २००८ मा राष्ट्रपतिको चुनाव लडेका थिएनन् ।
यस पछि उनी सन् २०१२ मा रुसमा फेरि सत्तामा आए । तर, पुटिन सन् २००८–१२ सम्म रुसका प्रधानमन्त्री थिए । तर, हालै संशोधन भएको नयाँ कानुन अनुसार भने पुटिनले लगातार दुई कार्यकाल पूरा गरेपछि पनि चुनाव लड्न सक्ने छन् ।
उता, जारी निर्वाचनमा पुटिन बाहेक थप ३ जनाले राष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन् ।
रुसको निर्वाचन आयोगको दस्ताबेज अनुसार पुटिन स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडिरहेका छन् । उनीहरूबाहेक कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ, लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिद स्लुत्स्की र न्यु पिपुल्स पार्टीका भ्लादिस्लाव दाभान्कोभ राष्ट्रपतिको उम्मेदवार हुन् ।
सबै तीन राजनीतिक दलहरू क्रेमलिन समर्थित पार्टीहरू मानिन्छन्। उनीहरू पुटिनको नीति र युक्रेनविरुद्धको युद्धका समर्थक हुन्। लियोनिद भने अमेरिकाको कट्टर विरोधी हुन् र उनीमाथि यौन शोषणको आरोप लागेको छ । जबकि भ्लादिस्लावले २०२० मा मात्र आफ्नो नयाँ पार्टी बनाएका उम्मेदवार हुन । यो उनको पहिलो चुनाव हो।
सन् २०१८ को चुनावमा पुटिनले ७६.७५ भोट पाएका थिए भने कम्युनिस्ट पार्टीले ११.८५ भोट प्राप्त गरेका थिए । तर, जारी निर्वाचनमा पुटिनले सो भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ । युक्रेन विरुद्ध युद्ध जारी राखेर उनले राष्ट्रियता बलियो बनाएको र अमेरिकासहित पश्चिमासँग डटेर सामना गर्ने क्षमता पुटिनसँग मात्रै भएको रुसी जनताले विश्वास गरेका छन् ।