health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

रौतहट ४ चैत। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्।
चितवनको इच्छा कामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन्।
अन्य घाइतेहरूमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३ वर्षीय हाकिम मिया, बसका यात्रु सर्लाही बरहथवा नगरपालिका मिलन चोकका २५ बर्सिया पूजा गुप्ता, भारतको विहार मजफरपुर जिल्लाका ३९ बर्सिया रिता गुप्ता, सोही जिल्ला रामनगरका ३२ वर्षीय अम्बरनाथ कुमारको चितवन स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।
बस चालक नवलपरासी कावासोती-१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङ सहित दुर्घटनामा परेको बस नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।