Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
सन २०५० मा अमेरिकामा इसाइको सङ्ख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

सन २०५० मा अमेरिकामा इसाइको सङ्ख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने


काठमाडौँ, ३ चैत । अबको तीन दशक पछि अर्थात् २०५० सम्ममा  विश्वमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बराबर हुने एउटा तथ्याङ्कले देखाएको  । 


प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम धर्मका बारेमा चकित पार्ने तथ्याङ्क बाहिर आएको छ ।

सो रिसर्चका अनुसार संसारको धार्मिक प्रोफाइल द्रुत गतिमा परिवर्तन हुँदै छ। यसको मुख्य कारण प्रजनन दर, युवा जनसङ्ख्याको आकारमा भिन्नता र मानिसले गरेको धर्म परिवर्तन रहेको बताइएको छ ।

जसअनुसार आगामी चार दशकहरूमा इसाईहरू सबैभन्दा ठुलो धार्मिक समूह रहनेछन् तर यस अवधिमा इस्लाम अन्य धर्महरूको तुलनामा तीव्र गतिमा बढ्नेछ। यदि अवस्था यस्तै रह्यो भने सन् २०५० सम्ममा विश्वभर मुस्लिमहरूको सङ्ख्या लगभग क्रिश्चियनको सङ्ख्या बराबर हुनेछ ।

संयुक्त राज्य अमेरिका र फ्रान्स जस्ता देशहरूमा नास्तिक, अज्ञेयवादी र कुनै पनि धर्मसँग सम्बद्ध नभएका मानिसहरूको सङ्ख्या बढ्दै गएको छ। तर, २०५० मा विश्वव्यापी बौद्ध जनसङ्ख्या लगभग २०१० मा जस्तै हुनेछ, जबकि हिन्दु र यहुदी जनसङ्ख्या आज भन्दा ठुलो हुनेछ।

संयुक्त राज्य अमेरिकामा इसाईको जनसङ्ख्या २०१० को भन्दा तीन चौथाइबाट २०५० मा दुई तिहाइमा घट्नेछ। यहुदी धर्म अब अमेरिकामा सबैभन्दा ठुलो गैर क्रिस्चियन धर्म हुने छैन। अमेरिकामा धर्मको आधारमा यहुदी भनेर चिनाउनेहरू भन्दा धेरै मुस्लिमहरू हुने देखिएको छ ।

सन २०१० र २०५० को बिचमा कुल विश्व जनसङ्ख्या ३५ प्रतिशतले बढेर ९.३ बिलियन हुने अपेक्षा गरिएको छ। यसैबिच, उच्च प्रजनन दरका कारण, मुस्लिमहरूको युवा जनसङ्ख्या अन्य धर्महरूको तुलनामा छिटो बढ्नेछ।

युरोपमा कुल जनसङ्ख्याको १० प्रतिशत मुस्लिम हुनेछन् । सन् २०५० मा भारतमा हिन्दु बाहुल्यता कायम रहनेछ तर इन्डोनेसियालाई पछाडि छोडेर विश्वको कुनै पनि देशको तुलनामा यो सबैभन्दा बढी मुस्लिम जनसङ्ख्या हुनेछ।

प्यू रिसर्चका अनुसार सन् २०५० मा विश्वका हरेक १० मध्ये चार क्रिस्चियन सब–सहारा अफ्रिकामा बस्नेछन्। यस प्यू रिसर्च सेन्टरले विश्वभर मानिसको बढ्दो जनसङ्ख्याको अनुमान गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...