health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ चैत्र २ । प्रगतिशील लेखक सङ्घले नियमित रूपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ७०औँ भाग, चैत्र २ गते सम्पन्न भएको छ । क.पुष्पलालको दार्शनिक योगदान विषयक कार्यक्रमको विषयवस्तु प्रस्तोता पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई थिए ।
सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा आफ्नो धारणा राख्दै प्रस्तोता भट्टराईले ‘क.पुष्पलालमा रहेको द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका कारण उनले नयाँ जनवादी कार्यक्रम, बुद्धिजीवीलाई निर्देशन, समाजवादको व्याख्या, मूल बाटो जस्ता विषयवस्तु हरूमा प्रस्ट रूपमा अगाडि बढेको’ बताए । उनले भने, ‘क.पुष्पलालले पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर देशमा कम्युनिस्ट आन्दोलनलाई थप ऊर्जा दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।’

पुष्पलाल जन्म शताब्दी २०८१को सन्दर्भ पारेर आयोजित परिसंवाद कार्यक्रममा पूरक टिप्पणी गर्दै दार्शनिक व्यक्तित्व गोपिरमण उपाध्यायले ‘क.पुष्पलालले इतिहासलाई नयाँ रूपमा व्याख्या गर्न, नेपाली समाजको वर्ग विश्लेषण, जनवादी संस्कृतिको कार्यक्रम लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक विषयमा महत्त्वपूर्ण भूमिका गरेको’ बताए । उनले भने ‘क.पुष्पलालका अनुसार वेद, पुराणजस्ता ग्रन्थहरूमा पनि वर्ग सङ्घर्ष हुन्छ, त्यहाँभित्र अध्यात्मवादी दर्शनका साथै भौतिकवादी दर्शन पनि रहेको छ ।’
प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भएको परिसंवाद कार्यक्रमको सहजीकरण कार्यक्रमका संयोजक समीर सिंहले गरेका थिए । कार्यक्रममा टिप्पणी गर्नेहरूमा डा.हरि सिलवाल, कृष्ण सुवेदी, भक्ति लामिछाने, डा.बालाकृष्ण अधिकारी, शेखर अर्याल, यादव उपाध्याय, समीर सिंह, मातृका पोखरेल, डा.देवकला भण्डारी, केशू कार्की लगायतका थिए ।