health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

झापा, २८ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठुलो विषय नभई संसद्मा भएको केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन्।
‘सरकार बदलिन्छ, बदलिन दिनुस्,’ सोमबार गृह नगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, ‘समाजमा व्यापक निराशा छ, साझा मञ्चमा उभिएर यो निराशा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो।’ महामन्त्री शर्माले राजनीतिक दलमा कायम शङ्का उपशङ्का र अविश्वास त्याग्नु पर्नेमा जोड दिए।
‘संसद्मा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठुलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन,’ उनले भने, ‘यसमा अलमलिएर समय बरबाद गर्ने छुट कसैलाई छैन, राजनीतिक दलमा रहेको आशङ्का र अविश्वास त्यागेर मुलुक बनाउन लाग्नुपर्छ।’
मुलुक विकास साझा दायित्व भएकाले त्यसका लागि साझा सङ्कल्प जरुरी भएको बताए। उनले जनप्रतिनिधिले गोजीको पैसा हालेर विकास गर्ने नभई बजेट र कामको संयोजन मात्रै गर्ने भएकाले आपसमा मिलेर अघि बढ्नु पर्ने धारणा राखे।
उनले मिसन ८४ को कुरा गर्नुको कुनै अर्थ नभएको बताए । उनले भने, ‘मैले निराशाजनक कुरा गरेको होइन, ८४ सालसम्म मरिन्छ कि बाँचिन्छ, मिसन ८४ अर्थहीन र भावनाको लहड मात्रै हो।’
व्यस्त कार्यक्रमका बिच झापा आएका शर्मा धुलाबारी खानेपानीको २३औँ वार्षिक सभा र छैटौँ झापा गोल्ड कपको समापनमा सहभागी भएर साँझ काठमाडौँ फर्कने बताएर उनले मुलुकको बदलिँदो राजनीति घटना क्रमका बारेमा थप टिप्पणी गरेनन्।
झापा १ का सांसद समेत रहेका शर्माले आफूलाई सिंहदरबारको संसद् नभई स्थानीय बासी सम्झेर विकास निर्माणका काममा निरन्तर घच्घच्याउन क्षेत्रवासीसँग आग्रह गरे। ‘म सिंहदरबारको सांसद हुँ तर त्योभन्दा वडा बासी र क्षेत्र बासी हुँ, यहाँका समस्या सबै मिलेर समाधान गर्नु पर्छ,’ उनले भने।
उपभोक्ता दुर्गादेवी खतिवडा र चन्द्र भण्डारीले धारणा राखेको कार्यक्रममा खानेपानीका पूर्व अध्यक्ष राम कट्टेल, अध्यक्ष धनकाजी खत्री, उपाध्यक्ष हिमालय आङ्देम्बे, सचिव उमेश सुवेदीले धुलाबारी खानेपानीको विगतको सङ्घर्ष , वर्तमानको अवस्था र भावी कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए।