health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

क्रान्ति कल्पनाको महल हुन्थ्यो भने,
तिमी युग युग आफू अनुकूल शोषणका रूपहरू फेर्दैनथ्यौ।
किनकि क्रान्ति तिम्रो हैकम र शोषण का विरुद्धको अनिवार्य र यथार्थ सत्य हो ।
क्रान्ति जनताको मुक्ति हो ।
क्रान्ति तिम्रो शोषण र दमनका विरुद्धको चम्किलो हतियार हो ।
क्रान्ति सत्य हो,
तर तिम्रो शोषण, दमन र उत्पीडन भ्रम र झुट हो।
त्यसैले
जनता भित्र भित्रै सङ्गठित भइरहेका छन्
आफ्नो सत्य प्राप्तिका लागि
जनताको त्यो अजेय शक्तिले
आफ्नो भविष्य कोर्दै छन्
त्यो दिन को प्रतीक्षा मा बस तिमि
जुन दिन जनताको त्यो अपार शक्ति
लामबद्ध भई
धर्ती भित्रको
त्यो सानो प्वाल बाट
असङ्ख्य कमिला को ताती निस्केझैँ
शान्त मुद्रामा कसैले
हल्लाउन नसक्ने गरी
शक्ति प्रदर्शन गर्नेछन्,
जनता लामबद्ध भएका हुनेछन् ।
त्यही तिम्रो मात्र होइन
तिम्रा स्वर्ग निर्माण का हतियार बनेका
शोषण,दमन,अत्याचार, भ्रष्टाचार, कुशासन,
गरिबी, नातावाद, कृपावाद,
दलाली, चाकरी, महँगी, बेरोजगारी, अभाव आदि आदि
सबै सबैको चिहान खनिनेछ ।
त्यो दिन जनताका प्रतिनिधिले जनताको
राज्य व्यवस्था को घोषणा गर्नेछन्
जनताको अधिकार लाई लिपिबद्ध
गर्नेछन्
त्यो सुनौलो बिहानी
त्यो जनताको सत्ता घोषणा भएको दिन
तिमि जनताका विरुद्ध अन्तिम लडाई का असफल
ताना बुना बुन्नेछौ
सम्झौताका असफल बुँदा
जनताको आन्दोलन समक्ष तेर्स्याउने छौ ।
तर त्यो तिम्रो प्रयास अन्तिम हुनेछ
किनकि जनताको सत्ता
र जनताको विजयको आन्दोलन ले
तिम्रो अन्तिम विदाईका लागि
अर्को पट्टि
चिहान खनिसकेका हुनेछन् ।।
जनताको त्यो सुन्दर बिहानी को आगमन सँगै
गाँस, बास, रोजगारी, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, मानवअधिकार जस्ता न्यूनतम आवश्यकता हरू
जनताको नैसर्गिक हक बन्नेछन्
र
जनताले यी आवश्यकता पूर्ति भएको खुसीयालीमा
आफ्नो सत्ता को रक्षार्थ
आफै अग्र मोर्चामा खटिनेछन्
अनि,
अनि
जनताको मुक्ति आन्दोलन निरन्तर
प्रगति पथ मा लम्किने छ ।
सुन्दर समाजको निर्माणमा
जनताले समय खर्चने छन्
जनताको सुन्दर नीतिको जगमा
जनताको सामूहिक श्रमले
सुन्दर नेपाल राष्ट्र बन्नेछ ।
जहाँ शोषण, दमन ,अत्याचार, भ्रष्टाचार, नातावाद,कृपावाद, विभेद, असमानता जस्ता
शब्दहरू
एकादेशका कथा बनेका हुनेछन्
र
यो सँगै तिमि,
अनि झुट,भ्रम र असत्यको जगमा टिकेको तिम्रो सत्ताको पनि अन्त्य भएको हुनेछ ।
जहाँ
जनता का बिच मा जनताले,
माया प्रेम र सद्भाव साट्ने छन्,
खुसी बाँड्ने छन्
त्यो दिन साँच्चिकै जनताको दिन हुनेछ
त्यो दिन साँच्चिकै हाम्रो दिन बन्नेछ
त्यो दिन
प्रतिकृयावादी शोषण र सत्ता मुर्दावाद।
जनताको मुक्ति जिन्दाबाद,
जनताको अजेय सत्ता जिन्दाबाद,
वैज्ञानिक समाजवाद जिन्दाबाद
का नारा घनकी रहेका हुनेछन् ।
त्यो दिन छिट्टै आउनेछ,
त्यो दिन आउँदै छ ।।