Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मधेसका मुख्यमन्त्री सुनिश्चितता खोज्दै जसपा र जनमत, प्रचण्ड सरकार अप्ठ्यारोमा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मधेसका मुख्यमन्त्री सुनिश्चितता खोज्दै जसपा र जनमत, प्रचण्ड सरकार अप्ठ्यारोमा


काठमाडौँ, २३ फागुन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन र समर्थन जनाउनु अघि मधेस प्रदेशका भावी नेतृत्वका लागि लडाइ सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरे पछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको सुनिश्चितता खोजेका हुन । दुवै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजे पछि प्रधानमन्त्री प्रचण्डलाई दुवै पार्टी मिलाउन सकस पर्ने देखिएको छ । 

सोही विषयका कारण जसपा नेपालको आज बिहान बसेको कार्यकारिणी समितिको बैठक बिना कुनै निष्कर्ष सकिएको थियो । मुख्यतया: मधेस प्रदेशका मुख्यमन्त्री दिन एमाले र माओवादीले प्रतिबद्धता जनाउनु पर्ने अनि मात्रै केन्द्रका बारेमा निर्णय लिनु पर्ने भन्ने बहुमत सदस्यले धारणा राखे पछि जसपाकाे आजको कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष टुङ्गिन पुगेको हो । कुनै निर्णय गर्न नसके पछि सोको सुनिश्चितता खोज्न बैठक लगत्तै अध्यक्ष उपेन्द्र यादव पार्टीका अर्का नेता राजेन्द्र श्रेष्ठलाई लिएर बालुवाटार गएका थिए ।


उता, मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी प्रचण्ड सरकारमा सामेल हुने सन्देश प्रधानमन्त्री प्रचण्डलाई पठाएको छ । एमाले र माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।

यसअघि एमालेसहितको गठबन्धन हुँदा २०७९ पुस १० गते भएको सहमति अनुसार एक वर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ वर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।

‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक वर्ष पछि मधेस प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन्, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने । उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन् ।

जसपा नेपाल र जनमत दुवैले मधेस प्रदेशको मुख्यमन्त्रीमा सुनिश्चितता खोजे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक सङ्कटमा परेका छन् ।  

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...