Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
नारायणकाजी प्रचण्डको एउटै कार्यकालमा तीन-तीन मन्त्रालयमा सरुवा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

नारायणकाजी प्रचण्डको एउटै कार्यकालमा तीन-तीन मन्त्रालयमा सरुवा

काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् ।

पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरुवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरुमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर काँग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।    

अहिले काँग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । उनले आजै परराष्ट्र मन्त्रीको हैसियतमा शपथ ग्रहण गर्दै छन् । 

साथै, माओवादीले सबै मन्त्रीहरूलाई दोहोराउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन् । उनले सम्भवतः नदोहरिने सङ्केत पाएर हुन सक्छ हिजो नै पुलचोकस्थित मन्त्री क्वाटरबाट झिटी झाम्टा लिएर बाहिरिएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ । 

तर, यसअघि काँग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन् । जसअनुसार श्रेष्ठसहित सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका छन् । 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...