काठमाडौँ, १८ फागुन । राष्ट्रियसभा बैठक बस्दै छ ।
सघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आव्हान गरिएको छ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेश वाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुगमन, निरीक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेस गर्नेछिन् ।
दिगो व्यवस्थापन तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्नेछन् ।
विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘खाध्ध अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी एेन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन २१०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभा वाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही एेनलाइ संशोधन गर्न बनेको विधेयक २०७९’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् र उनले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
साथै, राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले ‘राष्ट्रियसभा (दोस्रो संशोधन नियमावली) २०८० माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् भने लगत्तै ‘पारित गरियोस्’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।