health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

ढाका, १८ फागुन । बङ्गलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिदा सो सङ्ख्यामा मृत्यु भएको हो ।
सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको थियो ।
बङ्गलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए ।
सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।
डेली बङ्गलादेश अखबारका अनुसार आपत्कालीन सेवाहरूलाई कच्ची भाइ रेस्टुरेन्टमा बोलाइएको थियो, जुन रेस्टुरेन्ट रहेको भवन सात तलाको छ।