Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
नेटो सेना रुससँग लड्न आए आणविक युद्ध हुने पुटिनको चेतावनी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

नेटो सेना रुससँग लड्न आए आणविक युद्ध हुने पुटिनको चेतावनी


मस्को, १८ फागुन । राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्धलाई निम्ताउन खोजिरहेको आरोप लगाएका छन् ।

एक सम्बोधनमा रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ ।

र, उनले आफ्नो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त मात्रामा रहेका  छन्।


युक्रेनसँगको जारी युद्धले सन् १९६२ को क्युवाली मिसाइल सङ्कट पछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा खराब सङ्कट निम्त्याएको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् । तर, पुटिनले त्यसको प्रतिवाद गर्ने जनाएका छन् ।


पुटिनले पहिले नै नेटो र रुस बिचको प्रत्यक्ष टकराबको खतराको बारेमा बोलेका थिए तर बिहीबारको आफ्नो भाषणमा भने उनले आणविक युद्धको चेतावनी दिए । जुन अहिलेसम्मकै सबैभन्दा सबैभन्दा स्पष्ट मध्ये एक मानिएको छ ।

रुसी सांसदहरू र देशका कुलीन वर्गका अन्य सदस्यहरूलाई सम्बोधन गर्दै ७१ बर्सिया पुटिनले पश्चिमा देशले रुसलाई कमजोर पार्ने कोसिस गरिरहेको पनि आरोप लगाएका छन् । उनले भने, ‘पश्चिमी नेताहरूले रुसको आन्तरिक मामिलामा उनीहरूको हस्तक्षेप कत्तिको खतरनाक हुन सक्छ भनेर अझै बुझेका छैनन् ।’

उनले आफ्नो आणविक चेतावनीलाई फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार युक्रेनमा भू–सेना पठाउने युरोपेली नेटो सदस्यहरूको विचारलाई विशेष सन्दर्भमा प्रस्तुत गरेका छन् । फ्रान्सेली राष्ट्रपतिको सुझावलाई तत्काल संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत र अन्यले तुरुन्तै अस्वीकार गरेका थिए ।

‘पश्चिमी राष्ट्रहरूले यो बुझ्नुपर्छ कि हामीसँग पनि हतियारहरू छन्, जसले उनीहरूको भूमिमा लक्ष्यहरू प्रहार गर्न सक्छ। यी सबैले साँच्चै आणविक हतियारको प्रयोग र सभ्यताको विनाशको साथ द्वन्द्वलाई धम्की दिन्छन्, के तिनीहरूले बुझ्दैनन् ?’ पुटिनले भने ।

मार्च १५–१७ को राष्ट्रपति चुनाव अघि बोल्दै जब उनी अर्को ६ वर्षको कार्यकालको लागि पुनः निर्वाचित हुने निश्चित छन्, उनले रुसको विशाल आधुनिक आणविक हतियार संसारमा सबैभन्दा ठुलो भएको कुराको प्रशंसासमेत गरेका छन् । 


‘रणनीतिक आणविक शक्तिहरू पूर्ण तयारीको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ पुस्ताका हाइपरसोनिक आणविक हतियारहरू पनि मौज्जादमा छन् ।’  जुन उनले २०१८ मा पहिलो पटक बोलेका जानकारी दिएका थिए कि ती हतियार तैनाथीमा राख्नका लागि विकास गरिएको र पुनः परीक्षण पूरा भइरहेको अवस्थामा छ ।

स्पष्ट रूपमा क्रोधित पुटिनले पश्चिमी राजनीतिज्ञहरूलाई नाजी जर्मनीको एडोल्फ हिट्लर र फ्रान्सका नेपोलियन बोनापार्ट जस्ता व्यक्तिहरूको भाग्य सम्झन सुझाव दिए, जसले विगतमा रुसमा असफल आक्रमण गरेका थिए। ‘तर, अब परिणाम धेरै दुखद हुनेछ,’ 

‘उनीहरूले यो युद्धलाई एक कार्टुन हो भन्ने ठान्छन्,’ उनले अगाडी भने, ‘यदि त्यस्तो भए (नेटो सेना भिड्न आएमा) पश्चिमा राजनीतिज्ञहरूले वास्तविक युद्धको अर्थ के हो भनेर सम्झने छन् किनभने तीनले युद्ध बिर्सेका छन् ।’ उनले यो पनि आरोप लगाए पश्चिमाहरूले विगत तीन दशकमा रुसीहरूले जस्तो सुरक्षा चुनौतीहरूको सामना गरेका थिएनन्।
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...