health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ ले फाइनल खेल्न नपाए पनि आफू टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् ।
साउदी अरेबियामा आज राति हुने पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् ।
साम्बा हाल फ्रान्सको महिला लिग क्लब इए गुइनगाम्पबाट खेलिरहेका छन् । क्लबले फिफा विन्डो अवधि भर उनलाई राष्ट्रिय टिममा खेल्ने अनुमति दिएको र सो अवधि फेब्रुअरी १९ देखि २८ सम्म रहेकाले फाइनल खेल्न नपाएकी हुन् । साम्बा फाइनल अघि राष्ट्रिय टिम छोडेर फ्रान्सतर्फ लागेकी छन् । उनलाई टिमका सदस्यले बिदाइ गरेको एन्फाले जनाएको छ ।
साम्बाले भनेकी छन्-
देशको लागि खेल्नु मेरो लागि आज पनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठुलो गौरवको कुरा सायदै अरू होला ।
वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरो लागि सहज वातावरण सिर्जना गरिदिएको छ, र यस पटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।
मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एक पटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु ।
खेलाडीको रूपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसै गरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।
शुभकामना टिम!
हामी सक्छौँ, हामी गर्छौँ!