Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश 


कावासोती, फागुन १५ । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रीय उप महासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले  एक कार्यक्रम मार्फत पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घर फर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन ।

नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा सङ्घ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटी सदस्य, युवा सङ्घ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाउँ कमिटी अध्यक्ष सहित सम्पूर्ण कमिटी नै एमालेमा फर्किएका छन् ।

त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्य द्वय सालिकराम भट्टराई र डा. गोपाल खनाल पाटी केन्द्रीय कार्यालय पुगी पाटी अध्यक्ष के. पी. शर्मा ओलीको हातबाट टिका ग्रहण गरी एमाले प्रवेश गरेका थिए ।

पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पाटीका कार्यालय सचिव एवम् प्रचार विभाग प्रमुख सहितको टोली एमाले फर्किएको थियो ।

पुरानै घर फर्किएकाहरूले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेकपा एसका नेता पुरानै घर फर्किएको बताएका थिए । उनले जनताको पाटी र वैचारिक कम्युनिस्ट पार्टी नेपालमा नेकपा एमाले मात्र रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृथ्वीसुव्वा गुरुङले विगतमा बाटो बिराएर गई अहिले आफ्नै घर फर्की आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किएकाहरूलाई पाटीले उचित जिम्मेवारी प्रदान गर्ने बताउनुभएको थियो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य मना के.सी., केन्द्रीय सदस्य द्वय कृष्ण पौडेल र तिलक महत क्षेत्री सहित प्रदेश कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...