Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
 सिपाडोलमा कसरी भएको थियो तेह्रथुमका गोपाल ढकालको हत्या ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

 सिपाडोलमा कसरी भएको थियो तेह्रथुमका गोपाल ढकालको हत्या ?


काठमाडौँ, १५ फागुन । तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए।

उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए। ढकाल भक्तपुर सूर्य विनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए।

प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन्। ढकालकी एक जना छोरी थिइन्।

९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किए। उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो। उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन्।

त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट भएको थियो। ‘ती तीन जनामध्ये एक जना हत्याको मुख्य व्यक्ति हुन्, उनी फरार छन्,’ पाठकले भने।

अनुसन्धानका सिलसिलामा वृत्त जगातीले अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। ती दुई जनामध्ये एक जना केटा र अर्की केटी हुन्।

‘उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन् भन्ने बुझिन आएको छ,’ पाठकले भने।

उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ। त्यसपछि ती दुई व्यक्ति छुट्टिन्छन्।

‘गोठ भएतिर ढकाल र ती मुख्य योजनाकार गएका देखिन्छन्,’ नजिकैको सिसिटिभी फुटेजलाई उद्धृत गर्दै डिएसपी पाठकले भने।

पक्राउ परेका ती दुई जना व्यक्तिको नाम अहिले प्रहरीले खुलाएको छैन। उनीहरूले घटनामा के कस्तो सहयोगी भूमिका निभाएको हो भन्नेबारे अनुसन्धान जारी रहेको पाठकले बताए।

‘उनीहरूसँग बयान लिँदैछौं, मुख्य योजनाकारसँग उनीहरूको सम्पर्क सूत्र के कसरी स्थापित भयो र घटनाको राति सँगै रहँदा के-के कुराकानी भयो भन्नेबारे अनुसन्धान जारी छ,’ पाठकले भने।  

ती दुवैले मोबाइल फोन बोक्दैनन्। योजनाकारसँग पनि मोबाइल नभएको देखिएको पाठकले बताए।

घटना आकस्मिक होइन, योजनाबद्ध हो भन्ने केही ‘क्लु’ पनि फेला परेका छन्।

जस्तै: जब तीन जना छुट्टिन्छन्, त्यसपछि मुख्य योजनाकारले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए।

‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने।

त्यस लगत्तै ढकालको फोन अफ भयो। यता घरपरिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भयो।

गोठमा पुगेपछि इँटा तथा ढुङ्गाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए।

‘ती योजनाकार एक्लैले गरे या त्यस कार्यमा त्यहाँ अन्य कोही सहयोगी पनि थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन,’ पाठकले भने।

मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए। खोजीका लागि वृत्त जगातीमा निवेदन दिए।

रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशङ्का गरी प्रहरीले अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो।

ती योजनाकारको पहिचान भइसकेको छ। तर, उनले फोन नबोक्ने गरेको प्रहरीले बताएको छ। र, अफ गरेर ढकालको मोबाइलसमेत उनैले लगेका छन्।

‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने। ती व्यक्ति पक्राउ परेपछि घटनामा अन्य कति जनाको संलग्नता हो खुल्ने पाठकले उल्लेख गरे।

ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो यकिन भइसकेको छैन। ‘बाहिर कोहीसित कुनै दुस्मनी थिएन भन्ने परिवारका सदस्यको भनाइ छ,’ पाठकले भने।

मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...