health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १३ फागुन । एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् ।
जसमा समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यसै गरी समूह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आइसिसी टी-२० वरीयताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन् ।
समूह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसियासँग खेल्ने भएको छ । त्यस्तै नेपालले दोस्रो खेल अप्रिल १३ मा कतारविरुद्ध खेल्नेछ भने तेस्रो खेल अप्रिल १५ मा हङकङ विरुद्ध खेल्नेछ ।
त्यसै गरी नेपालले आफ्नो अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष २-२ देश सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुनेछ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे समेत राखिएको एसीसीले जनाएको छ ।
एसीसी प्रिमियर कपको विजेताले २०२५ को एसिया कपमा छनौट हुनेछ ।