health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

विराटनगर, ११ फागुन – गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।
बुधवार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्।
गृहकार्य पूरा नगरेको भन्दै सामाजिक पढाउने शिक्षक केशव भण्डारीले विद्यार्थी अनुकूल श्रेष्ठलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर बनेका श्रेष्ठको जिउमा नीलडाम छ।
अनुकूलकी आमा कल्पना श्रेष्ठले आफ्ना छोरालाई शिक्षकले कुटेको र घटनालाई ढाकछोप गर्न दबाब आएको बताइन्।
आफ्नो छोरामाथि पटक पटक कुटपिट भए पनि यस्ता शिक्षकलाई कारबाहीको साटो उल्टै विद्यालय प्रशासनले संरक्षण गरेको आमा कल्पनाले बताइन्। ‘मेरो छोरालाई मात्र होइन, सबैलाई पिट्छन्,’ उनले भनिन्।
छोरालाई उपचार गरेर ल्याएको र दुखाई कम गर्ने औषधी खुवाएको आमा कल्पनाको भनाइ छ।
‘सुरुमा छोराले जिउको नीलडाम लुकाएको थियो, पछि जिउ दुख्यो भनेपछि हेर्दा नीलडामै नीलडाम रहेछ,’ शिक्षकले पाइपले कुटेको कुरा कल्पनाले रुँदै भनिन्, ‘आफूले रातदिन दुःख-कष्ट गरेर गरेर पढ्न पठाएको छोरा विद्यालयबाट नै असुरक्षित हुन्छ भने कसको मन रुँदैन र?’
‘नीलडाम हेरेपछि झस्किएँ, मन धेरै रोयो,’ कल्पनाले भनिन्, ‘त्यसरी त पशुलाई पनि चुटिँदैन।’
शिक्षकको कुटाइबाट छोरालाई दुई-तीन दिन हनहनी ज्वरो आएको उनले सुनाइन्।
छोरालाई समस्या भएपछि मल्हम् किनेर मालिस गरिदिएको उनले बताइन्।
कुटाई खाएका अनुकूलले आफूलाई जस्तै अरूलाई पनि होमवर्क गर्न नजान्दा नगर्दा पाइपै पाइपले कुट्ने गरेको बताए। ‘मैले जाने जति होमवर्क गरेको थिएँ,’ उनले भने, ‘नजानेको स्कुलमा सरले सिकाइदिनहुन्छ भनेको त पिट्नुभयो।‘
अनुकूलका बुवा अर्जुनकुमार श्रेष्ठले आफूले छोरालाई विद्यालय ज्ञानगुनका कुरा सिक्न पठाएको तर त्यसरी पिटाई खानका लागि होइन भन्दै ती शिक्षकलाई कारबाहीको माग गरे।
अभिभावकले यसरी मरणासन्न हुने गरी विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्।
शिक्षा नियमावली अनुसार कक्षामा शिक्षक उपस्थित हुँदा विद्यार्थी कुट्न त के छडी लिएर जान पनि पाइँदैन।
विद्यालय हाताभित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरिवानाको व्यवस्था कानुनमा रहेको छ।
सम्झाई-बुझाई गर्नुपर्ने ठाउँमा उल्टै मरणासन्न हुने गरी कुटपिट गरिएको घटनाप्रति स्थानीय अभिभावकले आपत्ति जनाएका छन्।
निजी विद्यालयमा गुणस्तरीय शिक्षा दिने नाममा जबरजस्ती कुटपिट गर्ने तथा धम्क्याएर पढाउने प्रवृत्ति अन्त्य गर्न अभिभावकले माग गरेका छन्।