Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी


पर्सा, ७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगन्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो । 


सोमबार अपराह्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जानकारी गराएका छन् । 
उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)मा लागू हुने गरी कर्फ्यु जारी गरिएको हो । 

मिति २०८० फाल्गुन ०३ गते बिहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुई पक्ष बिच विवाद र झडप भएको विषयलाई लिएर आज मिति २०८०।११।०७ गते वीरगन्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले वीरगन्ज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमको सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ –रयाली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ०५ः०० बजे देखि अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क. बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ । उक्त आदेशको बर्खिलाप भएमा कानुन बमोजिम कडा कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको आदेशमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...