Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
पर्सा जिल्लामा तीव्र रूपमा तस्करी बढ्दै - Gyaan Ghar

Gyaan Ghar

Advertisement

पर्सा जिल्लामा तीव्र रूपमा तस्करी बढ्दै


काठमाडौँ, ६ फागुन ।  पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ। बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख सरुवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको हो। पर्साबाट छुटेका ट्रक बारा प्रहरीले अमलेखगन्ज र पथलैया चोकबाट नियन्त्रणमा लिएको हो। 

पर्सामा हालै प्रहरी प्रमुख एसपीको सरुवा भएको छ। एसपी कोमल शाहको सरुवा भएर नयाँ एसपी कुमोध ढुङ्गेलको पर्सामा पोस्टिङ भएको छ। शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बडीगार्ड थिए। उनकै आशीर्वादका कारण एसपी बढुवा हुनेवित्तिकै उनले पर्सा जिल्ला पोस्टिङ गराएका थिए। उनी रहुन्जेल तस्करीमाथि पर्सा प्रहरीले खासै कारबाही नगरेको जिल्लास्थित स्रोतहरू बताउँछन्।

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले शुक्रवार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए। एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो। यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको न्यौपानेले बताए । तीन वटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...