health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग:२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ ।
टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुँदै छ ।
नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो पहिलो खेल खेल्दै छ ।
नेपाल र नेदरल्याण्डस बिच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल ९कप्तान०, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका रहेका छन् ।
आइसिसीका अनुसार लिग(२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
खेल तालिका:
फागुन ७ गते सोमबार- नामिबिया विरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधवार- नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रवार- नामिबिया विरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स