Gyaan Ghar

Advertisement

अन्पा, लुम्बिनीको पहिलो रचना वाचन कार्यक्रम सम्पन्न

फागुन ५, काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखन सङ्घ(अन्पा), लुम्बिनी प्रदेशको आयोजनामा पहिलो रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । फागुन ४ गते भर्चुअल माध्यमबाट भएको सो कार्यक्रममा विभिन्न सृष्टाहरुले रचना वाचन गरेका थिए । 

विचार र सिर्जनालाई जोड्दै प्रगतिशील तथा प्रगतिवादी साहित्यिक आन्दोलनलाई अगाडि बढाउनुपर्दछ भन्ने मान्यता राख्दै आएको अन्पाको लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रम, प्रदेश अध्यक्ष रामप्रसाद गैरे‘पाल्पाली’को अध्यक्षता तथा सचिव कल्पना पौडेल जिज्ञासुको सञ्चालनमा अगाडि बढेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुरेशकुमार पाण्डेले राखेका थिए । 

अन्पाका अध्यक्ष समीर सिंह प्रमुख अतिथि रहेको सो कार्यक्रममा रवि पौडेल, बाबुराम आचार्य, टीका सङ्गम, धनप्रसाद पुन, रामदेव पाण्डे, सुरेश कुमार पाण्डे, मनीराम खनाल, कल्पना पौडेल जिज्ञासु, रामप्रसाद गैरेले रचना वाचन गरेका थिए । 

कार्यक्रमको अन्तमा प्रमुख अतिथि समीर सिंहले कविताहरूको समीक्षा गर्दै रचना वाचन समेत गरेका थिए  

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...