health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो।
यस क्रममा विभागले लामिछाने र राईको बैङ्किङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैङ्कसहित अन्य १९ वटा बैङ्कलाई लामिछाने र राईको विवरण मागेको छ।
चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैङ्क खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैङ्क मौज्दात पठाइदिन अनुरोध गरिएको छ।
राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उन विरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।
लामिछाने राईका व्यापारिक साझेदार हुन्। ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए।
विभागले राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, हिमालयन बैङ्क, एसबिआई, एभरेस्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैङ्कलगायतलाई चिठी लेखेको छ।