त्यस्तै उक्त जेभीले २०७७ माघ २ नै भेरी करिडोरकै नलगाड नगरपालिका ९ को त्रात्रखोला , वडा नम्बर ८ को मैदेखोला , वडा नम्बर ११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यी पुलहरू भेरी कोरिडोरका लाइफ लाइन हुन् । सडक विभाग बबरमहलमा काठमाडौँमा अहिले पुलको लिस्ट बाहेक अन्य केही पनि पाइँदैन । सरकारी संयन्त्रले पुल निर्माणबारे कुनै पनि चासो दिएको देखिँदैन । निर्माण व्यवसायी चन्द्र थकालीले पनि जति ढिला भए पनि होस भन्ने मनसायले पुल निर्माण तर्फ ध्यान नदिएको स्पष्ट देखिएको पूर्व मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । पुल निर्माण किन रोकिएको भन्दै सडक विभाग पुगेका पूर्व मन्त्री सिंहले सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल , उपनिर्देशक ललिजन खनाल लगायतसँग छलफल गरेपछि लामो समयदेखि अलपत्र परेका पुल निर्माणमा ध्यान दिन भेरी करिडोर सडक आयोजनालाई निर्देशन दिइएको छ ।
काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का माथि ठेक्का थुपारेर जिल्लाको विकास निर्माणमा बाधा पुगेको भन्दै पूर्व मन्त्री सिंहले लापरबाहीको पराकाष्ठा भएको बताए । त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लु स्थित भेरी नदिका पुल र डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन स्टामेट पास भए पनि काम सुरु हुन सकेको छैन । डिजाइन स्टामेटका लागि भन्दै सडक विभागमा डकुम्यान्ट बुझाए पनि केही पुलको डिजाइन स्वीकृत भए पनि केहीको अझैँ हुन बाँकी रहेको पाइएको छ । निर्माण व्यवसायी र विभागको मिलेमतोमा म्याद थप गर्दै डिजाइन स्वीकृत गर्न ढिला गरिरहेको सिंहले आरोप लगाए ।
पुलको ठेक्का लागेको तीन वर्ष सम्म डिजाइन देखि पुल निर्माणको काम नै सुरु नहुनु भनेको भेरी कोरिडोरका जनतालाई धोका दिनु भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । क्याराभानको नाम लिन बित्तिकै सडक विभागको उच्च नेतृत्वहरू हाँसेर उडाउने गरेको पाइएको छ । भारी ठाउँमा ठेक्का लिएर कतै पनि काम नगर्ने बदमान भइसकेको क्याराभानले भेरी करिडोरमा समेत सोही व्यवहार देखिएको मेयर रावतले बताए । भेरी करिडोर सडक आयोजनाले पुल निर्माण गर्नका लागि ताकेता कम गरेको पाइएको छ । अधिकांश समय निर्माण स्थल भन्दा बाहिर नै समय खटाउने यहाँका कर्मचारीहरू पुल निर्माणका लागि दबाब नै दिन नसकेको पाइएको हो । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग गरिए पनि निगरानी काम हुन पुगेको छ । यत्ति बिल्डर्सले लिएको पुलको काम भने गतिमा गएको छ ।
रुकुम पश्चिमको आठबीसकोटको पिपचचौर स्थित छहरे खोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुल निर्माणको काम गतिमा रहेको छ । क्याराभावसँग पुलको विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । शक्ति केन्द्रको हिमचिमका कारण क्याराभानले ठाउँ ,ठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै गरिरहेको सरोकारवालाले बताएका छन् । चौरजहारीमा लिइएको सडकको ठेक्का देखि उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा लिइएको ठेक्का समेत अलपत्र पर्दै आएको छ । जगदुल्ला जलविद्युत आयोजना स्थलमा जाने त्रिवेणी स्थित पुल समेत अलपत्र पर्दै आएको पाइएको छ ।