health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, १ फागुन । नेपालले मालदिभ्समाथि फराकिलो जित हासिल गरेको छ ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले मालदिभ्समाथि २१४ रनको जित हासिल गरेको हो ।
नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको मालदिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो ।
यस अघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।
नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउँदै नयाँ कीर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन् ।
त्यस्तै पूजा महतोले अविजित ५९ रन बनाएकी थिइन् । रुबिना र पूजाले पाँचौँ विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो ।
त्यसै गरी यस खेलमा कविता कुँवरले १३, सिता राना मगरले १५ रन बनाएकी थिइन् ।
यो जितपछि नेपाल समूह डी मा अपराजित रहँदै क्वाटर फाइनलमा कुवेतसँग भिड्ने भएको छ । समूह डी बाट नेपालसँगै हङकङ दोस्रो हुँदै क्वाटर फाइनलमा पुगेको छ । नेपालको क्वाटर फाइनलको खेल भोलि दिउँसो १.३०बजेबाट हुनेछ ।